सबै हवाइजहाजको प्राविधिक परीक्षण अनिवार्य गर्न सरकारको निर्देशन
काठमाडौँ । सरकारले हवाइजहाजको प्राविधिक परीक्षण अनिवार्य गर्न निर्देशन दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गर्दै त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई तोकेको छ ।
बैठकपछि सरकारका प्रवक्तासमेत रहेका उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाको अनुसन्धान गर्न जाँचबुझ आयोग बनाइएको जानकारी दिए । पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठनसमेत गरिएकामा आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ।
बैठकले घटनाप्रति गहिरो दुख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। बैठकले माघ २ गते सोमबारलाई राष्ट्रिय शोकका रूपमा सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ।
बैठकले घटनाबारे मृतकका आफन्तहरूलाई सही सूचना दिन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ। पार्थीव शरीर बुझ्न र लैजान सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्ने निर्णय पनि गरेको छ। काठमाडौँबाट पोखरा उडेको यति एयरलाइन्सको विमान आइतबार बिहान पोखरास्थित सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा ७२ जना सवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण