कर्णालीमा उपसभामुखको निर्वाचन : यशोदा न्यौपाने भर्सेस इन्द्रा कुमारी शाही
सुर्खेत । बुधबार दिउँसो १ बजे हुने कर्णाली प्रदेश सभा उपसभामुखको निर्वाचनका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की सांसद यशोदा न्यौपाने र नेपाली कांग्रेसको तर्फबाट इन्द्राकुमारी शाहीले उम्मेदवारी दर्ता गराएका हुन् ।
न्यौपानेले माओवादीकै सांसद कृष्ण जिसीको प्रस्तावक र नेकपा एमालेका सांसद विनोद कुमार शाहको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् भने कांग्रेसकी शाहीले संसदीय दलका नेता जीवनबहादुर शाहीको प्रस्ताव र जानकी सिंहको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
न्यौपाने र शाही दुवै जना समानुपातिक कोटाबाट सांसद बनेकी हुन् । कालिकोटकी न्यौपाने पार्टीभित्र केन्द्रीय सदस्य हुन् भने इन्द्रा शाही ०७४ मै पालिकामा उपप्रमुख पराजित नेतृ हुन् ।
कांग्रेसले उपसभामुख जित्न सक्ने अवस्था नभए पनि उम्मेदवारी दर्ता गराएको छ । ४० प्रदेश सभा सदस्यमा कांग्रेससँग १४ सिट रहेको छ भने नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेको खण्डमा १५ मत हुन्छ । न्यौपानलेलाई एमालेको ९, माओवादीको १३ र १ राप्रपाको गरि २३ मत प्राप्त हुने देखिन्छ । एमालेको १० मध्ये नन्दा गुरुङ सभामुख बनेकाले उनले मत हाल्न पाउँदैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण