शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

अन्य दलको सहयोगमा कांग्रेसले सभामुखमा उम्मेदवारी दिने

बुधबार, ०४ माघ २०७९, ११ : ३३
बुधबार, ०४ माघ २०७९

काठमाडौँ । नेपाली कांग्रेसले अन्य सहयोगी दलको सहयोगमा सभामुखको उम्मेदवार उठाउने भएको छ ।  बुधबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको छलफलले यस्तो निष्कर्ष निकालेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । 

‘सभामुखको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने समय अझै केही घण्टा बाँकी छ । यसबीचमा हामी सहयोगी दलहरुसँग छलफल गर्छौ र उम्मेदवारीबारे टुंगो लगाउछौ’, महतले जसपा, एकीकृत समाजवादी र माओवादीसँग समेत छलफल गरेर अघि बढ्ने बताए । उनले भने, ‘अन्य दलहरुको सहयोग लिएर उम्मेदवारी दर्ता गर्ने निष्कर्ष

निकालेका छौँ ।’ समग्र समझदारी बन्ने अवस्था आए आफ्नो पार्टीले उम्मेदवार नउठाउने भन्दै उनले त्यो अवस्था नआए भूमिकाविहिन भएर कांग्रेस नबस्ने बताए । प्रवक्ता महतले मंगलबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले पनि सहमतिबाट कसरी अघि बढ्न सकिन्छ भनेर प्रस्ताव गरेको भन्दै सभामुखको उम्मेदवारी दिने सवालमा अझै केही समय पर्खिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप