मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा

सोमबार, १५ असार २०८३, १५ : १९
सोमबार, १५ असार २०८३

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका–७ मंगलाघाटमा बस्ति संरक्षण योजना कार्यान्वयनमा आएको छ।

जलस्रोत तथा सिचाई ब्यवस्थापन आयोजना कास्कीले मंगलाघाट स्थित म्याग्दी नदीको किनारमा ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण गरेको हो। मंगलाघाट स्थित म्याग्दी नदीको किनारमा ५५ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल निर्माण भएको आयोजनाका ईञ्जिनियर नरजङ गुरुङले बताए।

उनका अनुसार नदी किनारको तल्लो भागमा चार मिटर अग्लो आरसिसी र माथिल्लो भागमा तीन मिटर अग्लो ग्यावीयन पर्खाल निर्माण भएको छ। योजना निर्माणका लागि निर्माण कम्पनीसँग २०८२ फागुन १० गते रु. ९९ लाख १९ हजार दुुई सय ९५ मा ठेक्का सम्झौता भएको थियो।

यही असार १९ गतेसम्म ठेक्का सम्झौताको म्याद रहेकोमा लक्ष्य अघिनै सम्पन्न भएको हो । इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बावजुद उपकरण र मजदुुर परिचालन तथा निर्माण सामग्री ब्यवस्थापन गरेर समयमै योजना निर्माण गरेको ब्यवसायीले बताएका छन्।

यसअघि मंगलाघाटमा आयोजना मार्फत विभिन्न चरणमा पाँच सय मिटर भन्दा बढी लामो पर्खाल निर्माण भइसकेको छ। बेनी बजारको पश्चिमी भागमा रहेको मंगलाघाटमा दुई सय भन्दा बढी घर, सरकारी कार्यालय र कर्मचारी आवास भवन छन् ।

आयोजनाले बेनी बजारमा कटान र बाढी नियन्त्रण गर्न विगतदेखिनै आयोजना सञ्चालन भएको छ। बेनीलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचिमा राखेको छ।

योजनाका प्रमुख विदुर श्रेष्ठले नदी कटान र पहिरोको जोखिममा रहेका म्याग्दी, मुुस्ताङ र पर्वतका १७ स्थानमा सालबसाली योजनाहरु निर्माण सम्पन्न हुने चरणमा रहेका बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप