१० अर्ब कर्जा सापटी दिँदै राष्ट्र बैंक
बिहीबार, ०५ माघ २०७९, १३ : १९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई १० अर्ब रुपैयाँ कर्जा सापटी दिने भएको छ । केन्द्रीय बैंकले बजारमा तरलता प्रवाह गर्नका लागि १० अर्ब रुपैयाँ रिपो जारी गर्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले रिपोका लागि आज दिउँसो २ बजेभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।
बैंकको सूचना अनुसार माघ ५ गते जारी हुने रिपो आगामी माघ १४ गते परिपक्क हुनेछ । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोडदेखि ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी निर्वाचनमा चमत्कार हुनेछ: महामन्त्री बुर्लाकोटी
-
बाँकेबाट ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
-
मापदण्डविपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारीलाई कारबाही गरिने
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण