एलसीमा नगद मार्जिनको व्यवस्था हट्यो, अब निर्वाध आयात गर्न सकिने
बिहीबार, ०५ माघ २०७९, १७ : ५१
काठमाडौं । सरकारले आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरेको छ । बिहीबार राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ को इ.प्रा. परिपत्र ०१/२०७८ को दफा १.१७ लाई खारेज गर्दै आयातमा जारी एलसीमा खुल्ला नीति लिएको हो ।
योसँगै झण्डै ९ महिनादेखि कार्यान्वयनमा रहेको एलसी नगद मार्जिनको व्यवस्था हटेको छ । यसले व्यवसयीहरुलाई आयातमा सहजीकरण भएको छ ।
यसअघि गत वैशाख १३ गते राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो भने ४७ प्रकारका वस्तुहरुको आयातमा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म नगद एलसी मार्जिनको व्यवस्था गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी निर्वाचनमा चमत्कार हुनेछ: महामन्त्री बुर्लाकोटी
-
बाँकेबाट ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
-
मापदण्डविपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारीलाई कारबाही गरिने
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण