उपसभामुख बन्ने सोविता गौतमको सपना चकनाचुर
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमको उपसभामुख बन्ने सपना चकनाचुर भएको छ । सत्ता साझेदार दलमा भएको भागबण्डाको समयदेखि नै उपसभामुखको बन्ने चर्चामा रहेकी उनलाई पार्टीले उम्मेदवार नबनाएको हो ।
उनले निकटस्थसँग समेत आफू उपसभामुख बन्न लागेको बताउँदै आएकी थिइन् भने कतिपयबाट आउने बधाईसमेत उनले स्वीकार गर्न थालिसकेकी थिइन् ।
तर, शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकले सोवितालाई उपसभामुख नबनाएको हो । पार्टीले उनको सट्टा अर्की सांसद इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सोविता काठमाडौँ क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा निर्वाचित भएकी हुन् । यता राना भने एनजीओकर्मी पृष्ठभूमिकी हुन् ।
सत्ता गठबन्धनमा भएको भागबण्डाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाएको हो । सोहीअनुसार आज रानाले उम्मेदवारी दर्ता गराउँदैछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण