यामलाल कँडेल भन्छन् : मन्त्री बनाउने विषयले प्रवेश नै पाएको छैन
शुक्रबार, ०६ माघ २०७९, १४ : ३६
सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य एवं एमाले संसदीय दलका नेता यामलाल कँडेलले सरकार विस्तार र मन्त्री बनाउने विषयमा प्रवेश नै हुन नसकेको बताए । मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिनेबारे सैद्धान्तिक छलफलमा दलका तर्फबाट धारणा राख्दै उनले उक्त विषयमा कुनै छलफल नभएको बताएका हुन् ।
यद्यपि पत्रकारहरुले बाहिर नभएको हल्ला फैलाएको भन्दै आक्रोश समेत पोखे ।
‘ त्यो विषयले प्रवेश नै पाएको छैन, तर पत्रकार साथीहरुले भए नभएको हल्ला फैलाइरहनुभएको छ,’ उनले भने,‘ रमाउनेमा भन्दा पनि बनाउने कुरामा पत्रकार साथीहरुले सहयोग गर्नुपर्छ ।’ साथै उनले भूमिका फरक भएपनि सबैको साझा गन्तव्य भनेको ‘कर्णाली समृद्ध’ बनाउने रहेको बताए । कँडेलले मुख्यमन्त्री शर्मालाई एमालेले विश्वासको मत दिने र समृद्धिको क्षेत्रमा हातेमालो गर्दै अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण