आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

एफवानसफ्टको बैंकर्स मिटअप सम्पन्न, डिजिटल क्रेडिट  बैंकिङ प्रविधिबारे छलफल

आइतबार, ०८ माघ २०७९, १६ : ०५
आइतबार, ०८ माघ २०७९

काठमाडौँ ।  प्रविधि कम्पनी एफवान सफ्ट इन्टरनेशनल प्रालिले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत एफवान बैंकर्स मिटअप २०२३  कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा एफवान सफ्टको दृष्टिकोण, पछिल्ला दिनमा उत्पादन भएका प्रविधिबारे छलफल भएको थियो ।

उक्त कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्रका तथा एफवान सफ््ट ग्रुपका अग्रणी व्यक्तित्वहरूको सहभागिता रहेको जनाइएको छ । 

कार्यक्रममा एफ्वान सफ्ट इन्टरनेशनलको तर्फबाट पछिल्ला समयमा विकास भएका प्रविधि,मोबाईल बैंकिङ्गमा प्रयोगकर्ताको विकास र विश्वास, आम मानिसले मोबाईल बैंकिङ्गलाई कुन रूपमा प्रयोग गरिरहेका छन् भन्ने विषयमा छलफल भएको थियो । साथै कार्र्यक्रममा पछिल्ला दुई वर्षमा डिजिटल माईक्रो कर्जा र कर्जा प्रवाह (फोनलोन) बाट देखिएका प्रभावका विषयमा छलफल भएको थियो । कार्यक्रममा आगामी दिनमा बैकिङ्क क्षेत्रमा मोबाईल बैंकिङ्गको क्षेत्रमा थप कसरी सुविधा दिन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो ।

राजधानीको याक एण्ड यति होटलमा आयोजना भएको उक्त कार्यक्रममा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले भने, ‘ हामीले आयोजना गर्ने सबैभन्दा महत्वपूर्ण कार्यक्रम मध्ये बंैकर्स मिट अप एक हो । यो कार्यक्रममा एफवान सफ्टले लिइरहेको दिशालाई कसरी सञ्चार गर्ने भन्ने कुरामा छलफल गर्न पाउँदा खुशी लागेको छ । हामीले बैंकिङ्ग उद्योगबाट प्राप्त गरेको विश्वास र समर्थन हाम्रो लागि महत्वपूर्ण छ । यो कार्यक्रमले हामीलाई थप हौसला मिलेको छ र हामी हाम्रा साझेदारबाट थप सुझावको अपेक्षा गरिरहेका छौँ ।’

एफवान सफ्ट इन्टरनेशनलले डिजिटल बैंकिङ्ग र बित्तीय क्षेत्रमा प्रविधि मार्फत सेवा  प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप