'द ब्रिटिस कलेज अलुम्नाई २०२३' कार्यक्रम सम्पन्न
काठमाडौँ । द ब्रिटिस कलेजले पूर्वविद्यार्थीहरुको भेला (अलुम्नाई मिट २०२३) कार्यक्रम आयोजना गरेको छ । पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा ब्रिटिस कलेजबाट ग्रयाजुएट भएका विद्यार्थीहरुलाई नेटवर्क बनाउन र आफ्नो सम्बन्ध विस्तार गर्न मौका मिलेको थियो ।
हायात रिजेन्सी (रोक्स गार्डेन) मा भएको कार्यक्रममा सन् २०१५ देखि २०२२ सम्मका १०० जनाभन्दा बढी पूर्वविद्यार्थीहरु, स्टाफ, फ्याकल्टी र विशेष अतिथिहरुको उपस्थिति रहेको थियो । साथै, लिड्स बेकेट विश्वविद्यालयका प्रतिनिधि कुनाल हल्बीको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन ब्रिटिस कलेजका सिईओ राजन कडेंलले गरेका थिए ।
कडेंलले कार्यक्रमको उद्घाटन गर्दै भने, पुराना साथीहरुसँग भेटघाट गर्नुका साथै, यो कार्यक्रमले विद्यार्थीहरुलाई उनीहरुले छोडेदेखि हामीले के गर्दछौं र केकस्ता नयाँ अवसरहरु उपलब्ध गराएका छौं भनेर देखाउने मौका मिलेको छ। जस्तै ब्राण्ड न्यु इन्क्युवेशन सेन्टर जुन हामीले प्रदान दिनेछौं ।'
कार्यक्रममा कलेजका पूर्वविद्यार्थीहरु, स्कुल अफ कम्प्युटिङका तर्फबाट रविन तिवारी, सिल्क ग्रुपका सिटिओ र स्कुल अफ बिजेनशतर्फबाट सिजी होल्डिंसका कार्यकारी निर्देशक करन चौधरीले मन्तव्य दिएका थिए । साथै एड्मीसन्स् तथा मार्केटिङ्गका हेड अमरदिप मण्डलले आफ्नो मन्तव्य दिएका थिए ।
उनले भने,‘पूर्व विद्यार्थीहरुसँगको सम्बन्ध बलियो र सुमधुर बनाइराख्न हामीले अलम्नाइ कार्यक्रम गर्दै आइरहेका छौं । पूर्वविद्यार्थीहरुले प्राप्त गरेको सफलताप्रति हामीहरुलाई गर्व छ । उनीहरुको भविष्यको योजनाप्रति मदत गर्न हामीहरु सदैव तयार छौँ ।'
_DQnbRiFVWB.jpg)
_dkVEtaGVRj.jpg)
_yBlAAda4pj.jpg)
_zqzbXNNAfE.jpg)
_gJX3rWyjJU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण