सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

पुससम्म राजस्व संकलन लक्ष्यभन्दा २ खर्ब कम, लक्ष्य ६ खर्ब, संकलन ४ खर्ब

सोमबार, ०९ माघ २०७९, १९ : ५६
सोमबार, ०९ माघ २०७९

काठमाडौं । चालु आर्थिक वर्षको पुससम्म राजस्व संकलन लक्ष्यभन्दा करिब २ खर्ब कम भएको छ । सोमबार अर्थ मन्त्रालयले देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनका सम्बन्धमा आयोजना गरेको कार्यक्रममा राजस्व संकलनमा कमी आएको जनाएको हो ।

मन्त्रालयका अनुसार २०७९ पुससम्म राजस्वको लक्ष्य ६ खर्ब ५१ अर्ब ६१ करोड रुपैयाँ रहेकोमा ४ खर्ब ९० अर्ब ४ करोड रुपैयाँ संकलन भएको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्ले पुँजीगततर्फ पुस मसान्तसम्म १ खर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन भएकोमा ५३ अर्ब ४५ करोड रुपैयाँ खर्च भएको जानकारी दिए ।

यस्तै चालुतर्फ ५ खर्ब ९४ अर्ब रुपैयाँ विनियोजन भएकोमा ४ खर्ब ५५ अर्ब रुपैयाँ १२ करोड रुपैयाँ खर्च भएको उनले जानकारी दिए । यस्तै वित्तीयतर्फ १ खर्ब ९ अर्ब ९० करोड रुपैयाँ विनियोजन भएकोमा ६७ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप