शाहरुखले दिए नेपाली दर्शकलाई धन्यवाद
काठमाडौँ । बलिउड अभिनेता शाहरुख खानले नेपाली दर्शकलाई धन्यवाद दिएका छन् । नेपालमा फिल्म ‘पठान’ को पहिलो शो सबै एडभान्स बुकिङ भएपछि उनले नेपाली दर्शकलाई सामाजिक सञ्जाल मार्फत धन्यवाद दिएका हुन् ।
शाहरुखको ‘पठान’ फ्यान माझ प्रतीक्षित फिल्म हो । फिल्मको पहिलो गीत ‘बेशरम रंग’ रिलिज हुनासाथ गीत र दीपिका पादुकोणको भगवा बिकिनी लुकले विवाद र चर्चामा रहेको यो फिल्म २५ जनवरी अर्थात भोलिदेखि रिलिज हुँदैछ ।
फिल्ममा शाहरुखको लुक्स निकै अलग रूपमा देखाइएको छ । उनी लामो कपालमा निकै ‘कुल’ देखिएका छन् । यो फिल्मकै लागि शाहरुखले कैयौं महिनासम्म कपाल नै काटेका थिएनन् । फिल्ममा दर्शकले अभिनेत्री दीपिका पादुकोणको दमदार एक्सन समेत देख्न सक्नेछन् । फिल्ममा शाहरुखको भन्दा बढी एक्सन दीपिकाको रहेको बताइएको छ ।
‘पठान’ हिन्दीका साथै तमिल र तेलुगु भाषामा रिलिज हुँदैछ । फिल्म हिन्दीमा करिब ४५०० स्क्रिनमा रिलिज हुनेछ, भने तमिल र तेलुगु स्क्रिनसहित करिब ५००० स्क्रिनमा रिलिज हुनेछ । शाहरुख खान ४ वर्षपछि पठानसँग सिल्वर स्क्रिनमा मुख्य भूमिकामा फर्कँदैछन् ।
उनी पछिल्लो पटक २०१८ को फिल्म ‘जिरो’ मा देखिएका थिए । यो फिल्म बक्स अफिसमा फ्लप साबित भयो । यी ४ वर्षमा उनले ’ब्रह्मास्त्र’, ‘लाल सिंह चड्ढा’ र ‘रकेटरी’ जस्ता फिल्महरूमा क्यामियो गरे । लिडको रूपमा, उनी पठानबाट कमब्याक गर्न लागेका छन् । फिल्मको बजेट करिब २५० करोड रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा एन्फा निलम्बित
-
रोनाल्डो र मेस्सीले अझै तोड्न नसकेको त्यो कीर्तिमान
-
डिभिजन वन कार्यालय रौतहटका प्रमुखको सरुवा कार्यान्वयन गर्न चुरे अभियानको माग
-
विश्वकपका खेल हेरेर ५० हजार डलर कमाउने दुई भाग्यमानी फुटबल फ्यान
-
मेक्सिको–चेक गणतन्त्र र दक्षिण अफ्रिका–दक्षिण कोरियाबिचको पहिलो हाफ गोलरहित
-
एलन मस्कले गुमाए 'ट्रिलियनेयर' को हैसियत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण