शाहरुखले दिए नेपाली दर्शकलाई धन्यवाद

काठमाडौँ । बलिउड अभिनेता शाहरुख खानले नेपाली दर्शकलाई धन्यवाद दिएका छन् । नेपालमा फिल्म ‘पठान’ को पहिलो शो सबै एडभान्स बुकिङ भएपछि उनले नेपाली दर्शकलाई सामाजिक सञ्जाल मार्फत धन्यवाद दिएका हुन् ।
शाहरुखको ‘पठान’ फ्यान माझ प्रतीक्षित फिल्म हो । फिल्मको पहिलो गीत ‘बेशरम रंग’ रिलिज हुनासाथ गीत र दीपिका पादुकोणको भगवा बिकिनी लुकले विवाद र चर्चामा रहेको यो फिल्म २५ जनवरी अर्थात भोलिदेखि रिलिज हुँदैछ ।
फिल्ममा शाहरुखको लुक्स निकै अलग रूपमा देखाइएको छ । उनी लामो कपालमा निकै ‘कुल’ देखिएका छन् । यो फिल्मकै लागि शाहरुखले कैयौं महिनासम्म कपाल नै काटेका थिएनन् । फिल्ममा दर्शकले अभिनेत्री दीपिका पादुकोणको दमदार एक्सन समेत देख्न सक्नेछन् । फिल्ममा शाहरुखको भन्दा बढी एक्सन दीपिकाको रहेको बताइएको छ ।
‘पठान’ हिन्दीका साथै तमिल र तेलुगु भाषामा रिलिज हुँदैछ । फिल्म हिन्दीमा करिब ४५०० स्क्रिनमा रिलिज हुनेछ, भने तमिल र तेलुगु स्क्रिनसहित करिब ५००० स्क्रिनमा रिलिज हुनेछ । शाहरुख खान ४ वर्षपछि पठानसँग सिल्वर स्क्रिनमा मुख्य भूमिकामा फर्कँदैछन् ।
उनी पछिल्लो पटक २०१८ को फिल्म ‘जिरो’ मा देखिएका थिए । यो फिल्म बक्स अफिसमा फ्लप साबित भयो । यी ४ वर्षमा उनले ’ब्रह्मास्त्र’, ‘लाल सिंह चड्ढा’ र ‘रकेटरी’ जस्ता फिल्महरूमा क्यामियो गरे । लिडको रूपमा, उनी पठानबाट कमब्याक गर्न लागेका छन् । फिल्मको बजेट करिब २५० करोड रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशसँग नेपाल पराजित
-
नयाँ ग्यालेक्सी एस २३ सिरिज फोनका साथ तपाईंको प्यासनलाई अघि बढाउनुहोस् : अब नेपालमा पनि खुल्यो प्रि–अर्डर
-
अब बजेट रकमान्तर रोक्छौं : अर्थमन्त्री पौडेल
-
बजेट रकमान्तर गर्न गण्डकी सरकारद्वारा ऐन संशोधन प्रस्ताव टेबल
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका शीर्ष १० समाचार
-
छैटौं राष्ट्रिय महिला भलिबल शनिबारदेखि हुने