दीपकराज गिरीको स्ट्याटस नबुझेपछि सामाजिक सञ्जालमा बालेनको आलोचना
काठमाडौंँ । पछिल्लो समय काठमाडौं महानगरपालिका मेयर बालेन शाहको सामाजिक सञ्जालमा निकै आलोचन हुन थालेको छ ।
केही दिनयता सामाजिक सञ्जालमा जुनसुकै व्यक्तिसँग पनि जुहारी खेल्न थालेपछि उनको आलोचना हुन थालेको हो ।
केही दिन अगाडि फिल्म निर्देशक विशाल भण्डारीसँग सामाजिक सञ्जालमा जुहारी खेलेका कारण आलोचनाको खेपेका उनले मंगलबार भने कलाकार दीपकराज गिरीले लेखेको एक स्ट्याटस बुझ्न नसक्दा आलोचनाको भागीदार बन्न पुगेका छन् ।
कलाकार गिरीले पछिल्लो समय मेयर बालेनले बनाउने भन्दा भत्काउने काम धेरै गरेको र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हत्या अभियोगमा फरार रहेका लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न नसकेको भनेर सामाजिक सञ्जालमा हुने गरेको टिका टिप्पणी प्रति लक्षित गर्दै एक पोष्ट गरेका थिए ।
जसमा उनले लेखेका थिए, ‘हामीले काँग्रेस, एमाले र माओवादीलाई वर्षाै विश्वास गर्यौ । अब रवि र बालेनहरु आएका छन् । उनीहरुलाई कमसेकम ५ वर्ष त विश्वास गरौँ ।’
गिरीको यो पोष्टमा रवि र बालेनको सपोट गरिएको छ । तर बालेनले गिरीले लेख नबुझेर त्यसमा कमेन्ट गर्दा आलोचना खेप्नु परिरहेको छ ।
गिरीको पोष्टमा बालेनले कमेन्ट गरेका छन्, ‘बालेनहरु भनेको कति जना हो ? बालेन जस्तै अरु पनि २, ३ जना छन् ? छन् भने किन ५ वर्ष कुर्नु ?'
बालेको कमेन्टमा अहंकारयुक्त रहेको सजिलै अनुमान लगाउन सकिन्छ । जसका कारण पनि उनी अहिले सामाजिक सञ्जालमा तारो बनिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानिमा बैंकद्वारा देशभरका १०५० गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य सेवा र पौष्टिक खाना वितरण
-
शिखर इन्स्योरेन्स आईक्यानको गोल्ड अवार्डबाट सम्मानित
-
यस्तो अवस्थामा छ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, तस्बिरहरु
-
स्नुकर हाउसको आवरणमा लागु औषध कारोबार, सञ्चालक दाजुभाइसहित ३ जना पक्राउ
-
स्टक ब्रोकर एशोसिएनद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेटवार्ता
-
यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण