दीपकराज गिरीको स्ट्याटस नबुझेपछि सामाजिक सञ्जालमा बालेनको आलोचना

काठमाडौंँ । पछिल्लो समय काठमाडौं महानगरपालिका मेयर बालेन शाहको सामाजिक सञ्जालमा निकै आलोचन हुन थालेको छ ।
केही दिनयता सामाजिक सञ्जालमा जुनसुकै व्यक्तिसँग पनि जुहारी खेल्न थालेपछि उनको आलोचना हुन थालेको हो ।
केही दिन अगाडि फिल्म निर्देशक विशाल भण्डारीसँग सामाजिक सञ्जालमा जुहारी खेलेका कारण आलोचनाको खेपेका उनले मंगलबार भने कलाकार दीपकराज गिरीले लेखेको एक स्ट्याटस बुझ्न नसक्दा आलोचनाको भागीदार बन्न पुगेका छन् ।
कलाकार गिरीले पछिल्लो समय मेयर बालेनले बनाउने भन्दा भत्काउने काम धेरै गरेको र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हत्या अभियोगमा फरार रहेका लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न नसकेको भनेर सामाजिक सञ्जालमा हुने गरेको टिका टिप्पणी प्रति लक्षित गर्दै एक पोष्ट गरेका थिए ।
जसमा उनले लेखेका थिए, ‘हामीले काँग्रेस, एमाले र माओवादीलाई वर्षाै विश्वास गर्यौ । अब रवि र बालेनहरु आएका छन् । उनीहरुलाई कमसेकम ५ वर्ष त विश्वास गरौँ ।’
गिरीको यो पोष्टमा रवि र बालेनको सपोट गरिएको छ । तर बालेनले गिरीले लेख नबुझेर त्यसमा कमेन्ट गर्दा आलोचना खेप्नु परिरहेको छ ।
गिरीको पोष्टमा बालेनले कमेन्ट गरेका छन्, ‘बालेनहरु भनेको कति जना हो ? बालेन जस्तै अरु पनि २, ३ जना छन् ? छन् भने किन ५ वर्ष कुर्नु ?'
बालेको कमेन्टमा अहंकारयुक्त रहेको सजिलै अनुमान लगाउन सकिन्छ । जसका कारण पनि उनी अहिले सामाजिक सञ्जालमा तारो बनिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशसँग नेपाल पराजित
-
नयाँ ग्यालेक्सी एस २३ सिरिज फोनका साथ तपाईंको प्यासनलाई अघि बढाउनुहोस् : अब नेपालमा पनि खुल्यो प्रि–अर्डर
-
अब बजेट रकमान्तर रोक्छौं : अर्थमन्त्री पौडेल
-
बजेट रकमान्तर गर्न गण्डकी सरकारद्वारा ऐन संशोधन प्रस्ताव टेबल
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका शीर्ष १० समाचार
-
छैटौं राष्ट्रिय महिला भलिबल शनिबारदेखि हुने