स्नुकर हाउसको आवरणमा लागु औषध कारोबार, सञ्चालक दाजुभाइसहित ३ जना पक्राउ
काठमाडौँ । पोखरामा स्नुकर हाउस सञ्चालनको आवरणमा अवैध लागु औषध खैरो हेरोइनको कारोबार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरोको पोखरा शाखाबाट खटिएको टोलीले ११२.५३ ग्राम खैरो हेरोइनसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका वडा नं. १५ स्थित ‘सोनम स्नुकर हाउस’ का सञ्चालक ३७ वर्षीय गोबिन्द थापा, उनका दाजु ३८ वर्षीय रुम बहादुर थापा र सोही स्नुकर हाउसमा कार्यरत कामदार ३२ वर्षीय सुरज सुनार रहेका छन्।
ब्यूरोले उनीहरूलाई बुधबार र बिहीबार पोखराका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेअनुसार सञ्चालक दाजुभाइले आफ्ना कामदार सुरज सुनारलाई लागु औषध खरिदका लागि भारतको काँकडभिट्टा नाका हुँदै पानीट्याङ्कीसम्म पठाउने गरेका थिए।
पक्राउ परेकामध्ये मुख्य सञ्चालक गोबिन्द थापा पुराना लागु औषध कारोबारी भएको समेत खुलेको प्रहरीको भनाइ छ। उनी यसअघि पनि लागु औषध मुद्दामा ३० महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना भुक्तान गरिसकेका व्यक्ति हुन्।
प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइनका साथै ६ लाख ७ हजार रुपैयाँ नगद, ५ थान मोबाइल सेट (जसमा एउटा आइफोन १३ प्रो म्याक्स रहेको छ) र दुई थान डिजिटल तराजु समेत बरामद गरेको छ।
लागु औषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी कारबाही र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की, पोखरामा बुझाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री सडकको होइन, देशको हुनुपर्छ : एमाले
-
महिलाको चरित्र हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ
-
तीन वटा स्मार्ट लाइसेन्स बनाएको आरोपमा एक पुरुष पक्राउ
-
पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न माग
-
सरकारका १०० दिनः सुशासन, भ्रष्टाचार नियन्त्रण र सम्पत्ति छानबिनमा केन्द्रित
-
तरुण दलले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न ७७ जिल्लामा खटायो प्रतिनिधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण