‘गदर–२’ को फर्स्ट लुक पोस्टर सार्वजनिक
मुम्बई । बलिउड अभिनेता सनी देओल र अमिषा पटेलको बहुप्रतिक्षित फिल्म ‘गदर २’ यसै वर्ष रिलिज हुँदैछ । यो २२ वर्षअघि रिलिज भएको फिल्म ‘गदरः एक प्रेम कथा’ को सिक्वेल हो । गणतन्त्र दिवसको विशेष अवसरमा सन्नीले फिल्मको फर्स्ट लुक पोस्टर शेयर गर्दै फिल्मको रिलिज मिति घोषणा गरेका छन् ।
‘गदर २’ को पोस्टर सेयर गर्दै सनी देओलले लेखेका छन्, ‘यस स्वतन्त्रता दिवसमा, हामी भारतीय सिनेमाको सबैभन्दा ठूलो फिल्मको सिक्वेल ल्याएका छौँ। ‘गदर २’ यसै वर्षको अगस्ट ११ मा रिलिज हुँदैछ । ‘गदर’का निर्माताले केही दिनअघि आधिकारिक बयान जारी गर्दै ‘गदर २’ अघि ‘गदर : एक प्रेम कथा’ रिलिज हुने बताएका थिए । यो २००१ मा रिलीज भएको मितिमा रिलीज हुनेछ। दर्शकले फिल्मको पूरै कथा एकपटक बुझ्न सकून् भन्ने उद्देश्यले फिल्म निर्माणकर्ताले यस्तो निर्णय गरेका हुन् । निर्माण पक्षले फिल्म १५ जुन २०२३ मा रिलिज गर्ने निर्णय गरेको छ ।
चलचित्र ‘गदर : एक प्रेम कथा’ सन्नीको करियरको सबैभन्दा ठूलो फिल्म थियो । फिल्म रिलिज भएपछि मानिसहरु ट्रकमा बसेर फिल्म हेर्न आउने गरेको र टिकट नपाएपछि पटक–पटक हड्ताल गर्ने गरेको अवस्था थियो । त्यतिबेला फिल्मले २५० करोड भारु कमाएको थियो । यो फिल्मको सिक्वेलको लागि १५ वर्षदेखि काम भइरहेको थियो । कथा जहाँ समाप्त भयो त्यहाँबाट जारी रहनेछ। यो सनी देओल (तारा सिंह), अमिषा पटेल (सकीना) र उनका छोरा जीतको कथा हुनेछ। फिल्मको कथालाई भारत पाकिस्तान कोणबाट अगाडि बढाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सम्झौतामा क्षेप्यास्त्र कार्यक्रम समावेश छैन : पेजेशकियन
-
रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
-
पुनः सञ्चालनमा आयो बौद्धस्थित भाट–भटेनी सुपर स्टोर (तस्बिरहरु)
-
स्ट्रेट अफ होर्मुजमा अलपत्र नाविकहरूको यूएनले उद्धार गर्ने
-
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा ३ जनाको नाम सिफारिस
-
लागूऔषध सेवन गरी सवारी चलाउने ५ चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण