आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
खेलकुद

आसिफले पाए आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

बिहीबार, १२ माघ २०७९, १८ : ०२
बिहीबार, १२ माघ २०७९

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड (खेल भावना अवार्ड) प्राप्त गरेका छन् ।

बिहीबार  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले उक्त अवार्ड आसिफले  प्राप्त गरेको जनाएको हो ।

गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाले उक्त अवार्ड जितेका हुन् ।

आसिफले आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिने क्रममा लड्न पुगेपछि रन आउट गरेका थिएनन् । जुन खेल भावना यस वर्ष सर्वाधिक चर्चा र प्रशंसा पाएको क्षण थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप