देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता
विहीबार, १२ माघ २०७९, २० : १६

बुटवल । रूपन्देहीको देवदह नगरपालिकाले सञ्चालन गरेको देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता भएको छ । अस्पताल र बीमा बोर्डबीच स्वास्थ्य बीमा गरेका नगरवासीलाई नगर अस्पतालबाटै निःशुल्क उपचार, ल्याब परीक्षण र औषधिहरू उपलब्ध गराउन विषयमा सम्झौता भएको हो ।
नगर प्रमुख ध्रुव खरेलको टोलीले बिहीबार बीमा बोर्डको कार्यालय पुगेर स्वास्थ्य सेवा प्रदान सम्बन्धी सम्झौता गरेको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालका अनुसार संघीयता कार्यान्वयनमा आएपछि रुपन्देहीका १६ स्थानीय तहमध्ये नगर अस्पताल सञ्चालन र स्वास्थ्य बीमा गर्ने देवदह पहिलो स्थानीय तह हो ।
नगरपालिकाले गत असोज १० गते १० शय्याको नगर अस्पताल सञ्चालनमा ल्याइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा एमालेभित्र द्वन्द्व, भीम रावललाई कारबाहीको चेतावनी
-
मन्त्रालयको कामलाई नतिजामुखी बनाउने छु : ऊर्जामन्त्री बस्नेत
-
भूमिहीन नागरिकको व्यवस्थापन पहिलो प्राथमिकता : मन्त्री श्रेष्ठ
-
खप्तड गोल्डकप : उपाधिमा मनाङ र थ्री स्टारको दाबी
-
तस्बिरमा हेर्नुहोस्, उपाधि जितेको खुसीयाली
-
धिरज र जसिता अभिनित ‘आई एम ट्वान्टी वान’को यस्तो छ ‘योद्धा’ गीत