भारतीय फोटो पत्रकारसँग ट्राभल फोटोग्राफी सम्बन्धी अन्तरक्रिया सम्पन्न
काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले भारतीय फोटो पत्रकार दुर्लभ रोय चौधरीसँग ट्राभल फोटोग्राफी सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
आइतबार बिहान सिजन मिडियामा आयोजित कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष विकास रौनियार लगायत सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा भारतीय फोटो पत्रकार चौधरीले फोटोग्राफीमा सिकेका भोगेका अनुभवहरू शेयर गरेका थिए। उनले विभिन्न सहर र चार्डपर्वहरुका समयमा खिचेका करिब २०० वटा फोटोको बारेमा बताएका थिए।
त्यस्तै,एनएफपिजेले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम निकै नै उपलब्धिमूलक भएको संस्थाका सदस्यहरूले बताएका छन् । उनीहरुले संस्थाले बेला बेलामा यस्तो कार्यक्रम गरेर सदस्यहरूलाई फाइदा पुगेको समेत बताए।
२४ वर्षीय भारतीय फोटो पत्रकार चौधरी नेशनल जिओग्राफी, वाल स्ट्रिट फोटोबुक, टाइम्स अफ इन्डिया लगायतका सञ्चार माध्यममा फ्री–ल्यान्सर फोटो जर्नलिष्टका रुपमा कार्यरत छन् ।
कार्यक्रमको संयोजन केन्द्रीय सदस्य सुनिल शर्माले गरेका थिए भने कार्यक्रम पश्चात्य स्वागत तथा सम्मान उपाध्यक्ष सुशील श्रेष्ठले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्थ्रोपिकको कोडिङ टुल प्रयोग गर्न अलिबाबाका कर्मचारीलाई रोक
-
ट्रम्पको चेतावनी–'एकै आक्रमणमा इरानी नेतृत्व समाप्त गर्न सक्थ्यौँ', इरानको जवाफ– 'तपाईंसँग न सभ्यता छ, न सम्मान'
-
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
-
क्रियाशील सदस्यता अध्यावधिकको प्रतिवेदन असार २५ गतेभित्र बुझाउन तरुण दलको निर्देशन
-
मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु
-
यी मान्छेले खानै हुँदैन नरिवल पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण