कोस्तियान्तिनिभ्का कब्जा गरेको रुसी दाबी युक्रेनद्वारा अस्वीकार
किभ । रुसले पूर्वी युक्रेनको रणनीतिक सहर कोस्तियान्तिनिभ्का कब्जा गरेको दाबीलाई युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले असत्य भएको बताएका छन् । युक्रेनी सेनाको जनरल स्टाफले पनि उक्त सहर अझै युक्रेनी सेनाकै नियन्त्रणमा रहेको जनाएको छ ।
आफ्ना सेनाले कोस्तियान्तिनिभ्का नियन्त्रणमा लिइसकेको र बाँकी रहेका प्रतिरोधका केन्द्रहरू हटाउने अभियान जारी रहेको दाबी रुसले गरेको छ । उसले युद्धमा मारिएका सैनिकहरूको शव आदान प्रदान गर्न पनि प्रस्ताव गरेको छ ।
रुसी सैन्य कमान्डरहरूले शुक्रबार राष्ट्रपति भ्लादिमिर पुटिनलाई डोनेत्स्क क्षेत्रमा लामो समयदेखि लक्ष्य बनाइएको कोस्तियान्तिनिभ्का सहर कब्जामा लिइएको जानकारी दिएका थिए । यसको जवाफमा राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट गर्दै ‘यो पूर्ण रूपमा झुट हो । यो केवल समाचार बनाउन गरिएको अर्को रुसी प्रचार हो,’ भन्दै प्रतिक्रिया दिए ।
‘यदि कोस्तियान्तिनिभ्का साँच्चै रुसको नियन्त्रणमा भएको भए, युद्ध अन्त्यका लागि कूटनीतिक समाधान खोज्न पुटिनलाई त्यहीँ भेट्न कुनै समस्या हुने थिएन,’ व्यङ्ग्य गर्दै जेलेन्स्कीले लेखेका छन् । युक्रेनी सेनाको जनरल स्टाफले जारी गरेको वक्तव्यमा १९औँ आर्मी कर्प्स अन्तर्गत पूर्वी सैन्य समूहका इकाईहरूले सहरभित्र र वरपर तोकिएका मोर्चामा प्रतिरक्षात्मक अभियान जारी राखेको उल्लेख गरिएको छ ।
यता, रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले रुसी रेडियोसँग कुरा गर्दै जेलेन्स्कीको भेट प्रस्तावको खिल्ली उडाएका छन् । उनले कोस्तियान्तिनिभ्का अब रुसको हिस्सा भइसकेको दाबी गर्दै पुटिनसँग भेट्न चाहे जेलेन्स्कीका लागि मस्कोको निमन्त्रणा अझै कायम रहेको बताए ।
जेलेन्स्कीले गत महिना शान्ति वार्ताको प्रारम्भिक कदम स्वरूप पुटिनलाई प्रत्यक्ष भेटवार्ताको प्रस्ताव पठाएका थिए । तर उनले लामो समयदेखि रुसको राजधानी मस्कोमा गएर वार्ता गर्ने प्रस्ताव अस्वीकार गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्थ्रोपिकको कोडिङ टुल प्रयोग गर्न अलिबाबाका कर्मचारीलाई रोक
-
ट्रम्पको चेतावनी–'एकै आक्रमणमा इरानी नेतृत्व समाप्त गर्न सक्थ्यौँ', इरानको जवाफ– 'तपाईंसँग न सभ्यता छ, न सम्मान'
-
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
-
क्रियाशील सदस्यता अध्यावधिकको प्रतिवेदन असार २५ गतेभित्र बुझाउन तरुण दलको निर्देशन
-
मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु
-
यी मान्छेले खानै हुँदैन नरिवल पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण