क्रियाशील सदस्यता अध्यावधिकको प्रतिवेदन असार २५ गतेभित्र बुझाउन तरुण दलको निर्देशन
काठमाडौँ । तरुण दलले नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकको प्रतिवेदन असार २५ सम्मभित्र केन्द्रमा बुझाउन निर्देशन दिएको छ । दलका सभापति मनिष कोइरालाले आइतबार विज्ञप्ति जारी गर्दै आफूले पार्टीको क्रियाशील सदस्यता अध्यावधिकमा सहयोग गर्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू परिचालन गरिएको र प्रतिनिधिहरूले असार २५ गतेभित्र प्रतिवेदन बुझाउनु पर्ने बताएका हुन् ।
कोइरालाले विज्ञप्तिमा असार २५ गते राति १२ बजेभित्र अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा विस्तृत प्रतिवेदन बुझाइसक्न खटाइएका प्रतिनिधिहरूलाई निर्देशन दिएका हुन् । परिपत्रमा तोकिएको समयभित्र प्रतिवेदन प्राप्त नभएमा सम्बन्धित केन्द्रीय प्रतिनिधि तथा जिल्ला कार्यसमितिको अभियान अपूर्ण रहेको मानिने कोइरालाले विज्ञप्तिमा लेखेका छन् ।
‘अभियानलाई उच्च प्राथमिकताका साथ सम्पन्न गरी तोकिएको समयभित्र प्रतिवेदन इमेल मार्फत पठाइदिनुहुन अनुरोध गरिन्छ,’ परिपत्रमा उल्लेख छ ।
परिपत्र अनुसार, खटाइएका केन्द्रीय प्रतिनिधिहरूले सम्बन्धित जिल्ला कार्यसमितिहरूसँग आवश्यक समन्वय र सहकार्य गरी वडा तथा पालिका तहसम्मै अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने दलले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण