ट्रम्पको चेतावनी–'एकै आक्रमणमा इरानी नेतृत्व समाप्त गर्न सक्थ्यौँ', इरानको जवाफ– 'तपाईंसँग न सभ्यता छ, न सम्मान'
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको शीर्ष नेतृत्वलाई एकै आक्रमणमा समाप्त पार्न सक्ने चेतावनी दिएका छन्।
- ट्रम्पको अभिव्यक्तिप्रति इरानले कडा प्रतिक्रिया जनाउँदै सभ्यता, इतिहास र सम्मानको प्रश्न उठाएको छ।
- इरानको राजधानी तेहरानमा अयातोल्लाह अली खामेनेईको अन्तिम श्रद्धाञ्जलीका लागि लाखौँ मानिसको भीड लागेको छ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको अन्त्येष्टिमा इरानको शीर्ष नेतृत्व एकै स्थानमा उपस्थित रहेको दाबी गर्दै अमेरिका चाहे एकै आक्रमणमा सबैलाई समाप्त गर्न सक्ने बताएका छन्।
त्यसपछि वार्ता गर्ने कोही बाँकी नरहने भएकोले तेयसाे नगरिएकाे उनको भनाइ छ। ट्रम्पले अन्त्येष्टिमा रोइरहेका मानिसहरूमाथि पनि व्यंग्य गर्दै भनेका छन् "ती आँसु पनि सायद नक्कली हुन सक्छन् ।"
ट्रम्पको अभिव्यक्तिप्रति इरानले कडा प्रतिक्रिया जनाएको छ। आर्मेनियास्थित इरानी दूतावासले सामाजिक सञ्जालमार्फत ट्रम्पको टिप्पणीको आलोचना गर्दै भनेकाे छ–"मानिसलाई मार्न सकिए पनि विचारलाई समाप्त गर्न सकिँदैन। तपाईंसँग न सभ्यता छ, न इतिहास र न सम्मान ।"
यसैबिच, इरानको राजधानी तेहरानस्थित इमाम खुमैनी ग्रान्ड मोसल्लामा अयातोल्लाह अली खामेनेईको अन्तिम श्रद्धाञ्जलीका लागि तेस्रो दिन पनि लाखौँ मानिसको भीड लागेको छ। अन्त्येष्टिका क्रममा "अमेरिकाको मृत्यु होस्, इजरायलको मृत्यु होस्" भन्ने नारासमेत लगाइएको थियो।
खामेनेई र उनका परिवारका सदस्यहरूको शव इरानी राष्ट्रिय झण्डाले बेरिएको अवस्थामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरपालिकाको रकम हिनामिना लुकाउन मेयरले आफ्नै अपहरणको नाटक गरेपछि...
-
‘अक्षरा’ दक्षिण कोरियामा पनि प्रदर्शन हुने
-
दक्षिण एसिया मामलामा अमेरिकाले भारतसँग सोध्न छोडेको छ
-
हामी एआईलाई सबैका लागि सुरक्षित बनाउन सक्छौँ
-
मौद्रिक नीतिमा नीतिगत लचकता अपनाउन सुझाव
-
मेक्सिकोविरुद्धको खेलमा इंग्ल्यान्डका खेलाडीले किन प्रयोग गर्दैछन् भियाग्रा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण