स्याङ्जामा एक समूहले गर्यो एकैरात १३ ठाउँमा चोरी

पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिका–१ पञ्चमूलमा चोरी भएको छ । उक्त वडाको २ किलोमिटर आसपासमा १३ ठाउँमा चोरी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्र प्रसाद अधिकारीले बताए ।
‘गएराति श्रृंखलाबद्ध रुपमा चोरी भएको हो । वडा कार्यालय, बैंक, सहकारी, गुम्बा, डिपार्टमेन्टल स्टोर्स, अन्य १३ ठाउँमा चोरीको प्रयास भएपनि ८ ठाउँमा चोरी गरिएको छ,’ डीएसपी अधिकारीले भने ।
पञ्चमूल, सिरुबारी र धारु गाउँमा चोरी भएको उनको भनाइ छ । ‘व्यक्तिको घरबाट साढे १० तोला सुन चोरी भएको छ । एउटै घरबाट १० चोला सुन र नगद कुल ३ लाख ४० हजार चारी भएको हो,’ डीएसपी अधिकारीले भने ।
वडा कार्यालयबाट २÷३ हजार पनि चोरी भएको उनले बताए । उनका अनुसार चोरी गर्ने व्यक्ति नभई समूह रहेको अनुसन्धानबाट खुलेको छ । चोरी गर्ने व्यक्तिले सहकारीको सीसीटीभी फुटेजको हार्डड्राइभ पनि खुलेको छ । गाउँका धेरै घरमा चोर्ने प्रयास भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गरिमा विकास बैंकको स्याङ्जामा दुई नयाँ शाखा सञ्चालनमा
-
नेपाल मगर विद्यार्थी सङ्घको नयाँ केन्द्रीय समिति चयन
-
एससीटी र सालपा विकास बैंकबिच कार्ड जारी गर्ने सम्झौता
-
विद्युत् प्राधिकरणले ५ हजार मेगावाटका आयोजनासँग विद्युत् खरिद सम्झौता गर्दै
-
दाङमा चलचित्र निर्माण कार्यशाला सम्पन्न
-
समलिङ्गी जोडीको पुनर्मिलन, विवाह दर्ता