दाङमा चलचित्र निर्माण कार्यशाला सम्पन्न
काठमाडौँ । दाङको बंगलाचुलीमा वैशाख २५ देखि सुरू भएको चलचित्र निर्माण कार्यशाला बुधबार सकिएको छ ।
पहल नेपाल र ए. एस. उडान फिल्मद्धारा आयोजित कार्यशालामा कालिकोट, बर्दिया, दाङ र रुपन्देही जिल्लाका १७ जना युवाहरूले प्रशिक्षण लिएका थिए ।
चलचित्र विकास बोर्ड र बंगलाचुली गाउँपालिकाको सहकार्य रहेको चलचित्र निर्माण कार्यशालामा चलचित्र लेखक विकास सुवेदी, करुण थापा, निरज कँडेल मुनाल घिमिरे र केएल बुढाथोकीले प्रशिक्षण दिएका थिए ।
कार्यशालामा चलचित्रका तत्व, चलचित्र निर्माणका चरण, पटकथाका शरीर रचना, छायांकनको सिद्धान्त, निर्देशन सीप, सिनेमा र ए आइ लगायत चलचित्र निर्माणका नवीन शिल्प, शैली, प्रविधि र प्रक्रियाबारे सैद्धान्तिक एवं व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।
मोफसलमा चलचित्र निर्माणमा जागरुकता ल्याउने, सीपयुक्त जनशक्ति उत्पादन गर्ने र स्तरीय चलचित्र निर्माणमा योगदान पुर्याउने उद्देश्यले कार्यशाला आयोजना गरिएको संयोजक के एल बुढाथोकीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट प्रहरीद्वारा एकै दिनमा २१ जना फरार प्रतिवादी पक्राउ
-
अन्तिम १६ को समीकरण तयार : कसको भिडन्त कोसँग ?
-
तस्बिरमा हेर्नुहोस् निर्माणाधीन तनहुँ जलविद्युत आयोजना
-
राष्ट्रिय ज्येष्ठ नागरिक नीति २०८३ को मस्यौदा तयार, मन्त्रालयले माग्यो सर्वसाधारणसँग राय
-
१७ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण