शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गौतम अडानी समस्यामा फस्दा अम्बानी परिवारले जोगायो ?

बुधबार, १८ माघ २०७९, ११ : १७
बुधबार, १८ माघ २०७९

गुजरातका अरबपति व्यापारी गौतम अडानीका लागि मङ्गलवारको दिन सुखद रह्यो । उनको कम्पनी अडानी इन्टरप्राइजेजले गत हप्ता सुरु गरेको एफपिओ अर्थात् फलो–अन पब्लिक अफर अन्ततः पूर्ण रूपमा खरिद गरिएको छ ।

अडानी समूहले २०,००० करोड रुपैयाँ उठाउने लक्ष्यका साथ यो सार्वजनिक प्रस्ताव ल्याएको थियो, जुन खरिद गर्नुको अन्तिम मिति जनवरी ३१ अर्थात मङ्गलवार थियो । तर सोमबारसम्म यो पब्लिक अफरको करिब तीन प्रतिशत मात्रै खरिद भएको थियो ।

त्यसपछि सोमबार साँझ अचानक समाचार आउन थाल्यो कि अबुधाबीको शाही परिवारसँग सम्बन्धित इन्टरनेशनल होल्डिङ कम्पनीले अडानी समूहमा ३२१८ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ ।

यससँगै भारतका धेरै फ्यामिली अफिसेजको तर्फबाट यस एफपीओमा चासो देखाएको खबर आएको थियो । फ्यामिली अफिसेजले अत्यन्त धनी व्यक्तिहरूको व्यक्तिगत सम्पत्तिहरू व्यवस्थापन गर्ने फर्महरूलाई बुझाउँछ ।

adaniतर मङ्गलवार बिहानसम्म भारतका कुन–कुन व्यवसायी अडानी समूहमा लगानी गर्न चाहन्छन् भन्ने खुलाइएको छैन ।

तर, बुधवार बिहान फाइनान्सियल एक्सप्रेसमा प्रकाशित रिपोर्टका अनुसार यस विषयमा जानकार व्यक्तिहरूले मुकेश अम्बानीले गौतम अडानीलाई अप्ठ्यारोमा मद्दत गर्न अघि सरेको बताएका छन् ।

तर, यस अवसरमा गौतम अडानीलाई सहयोग गर्ने मुकेश अम्बानी मात्र होइनन् ।

द टेलिग्राफमा प्रकाशित रिपोर्ट अनुसार जेएसडब्ल्यू स्टीलका मालिक सज्जन जिन्दल, एयरटेलका मालिक सुनिल भारती मित्तल र जायडस लाइफका पङ्कज पटेल अडानी समूहको मद्दत गरेका छन् ।

व्यापार जगतको समाचार दिने पत्रिका लाइभ मिन्टको रिपोर्टमा पनि यी अनुमानहरू उल्लेख गरिएको छ, तर अडानी समूहलाई कुन–कुन व्यवसायीले सहयोग गरेका छन् भन्ने अहिलेसम्म स्पष्ट भएको छैन ।

यस एफपीओबाट उठेको रकम अडानी इन्टरप्राइजेज र समूहका अन्य कम्पनीहरूको ऋण तिर्नदेखि  पुँजी विस्तारमा खर्च गरिनेछ ।

यद्यपि, ब्लूमबर्गको रिपोर्टमा यस मुद्दासँग सम्बन्धित एउटा महत्त्वपूर्ण पाटोलाई सार्वजनिक गरेको छ ।

adani1रिपोर्टमा भनिएको छ कि अन्तिम दिनमा एफपीओ पूर्णरुपमा सब्सक्राइब हुनु भनेको अडानी समूहको लागि लडाई जित्नु सरह हो ।

किनकि कुनै पनि पब्लिक अफर शत प्रतिशत बिक्री हुन आवश्यक छ । तर यसले अडानी समूहको कर्पोरेट गभर्नेन्स बारे लगानीकर्ताहरूको चिन्ता समाप्त भएको छैन।

यति मात्र होइन खुद्रा लगानीकर्ताले तोकिएको १० प्रतिशत शेयर मात्रै किनेका छन् ।

र यसले अडानी समूहको उद्देश्य पूरा गरेको देखिँदैन, जुन गत नोभेम्बरमा अडानी समूहका सीएफओ जुगेशिन्दर सिंहले उल्लेख गरेका थिए ।

जुगेशिन्दर सिंहले हालैका वर्षहरूमा रणनीतिक लगानीकर्ताहरूमा ध्यान केन्द्रित गरिसकेपछि अडानी समूहले आफ्ना लगानीकर्ता समूहलाई विस्तार दिने कोसिस गरिरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप