शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जवानी फर्काउन यी व्यक्तिले वर्षेनी खर्चन्छन् २६ करोड रुपैयाँ

बुधबार, १८ माघ २०७९, १७ : ०४
बुधबार, १८ माघ २०७९

४५ वर्षका अमेरिकी टेक–व्यावसायीले आफ्नो जवानी फर्काउन वर्षेनी २ मिलियन अमेरिकी डलर अर्थात २६ करोड रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको दाबी गरेका छन् ।

यदि तपाईं ३५ वर्षभन्दा कमको हुनुहुन्छ भने सबैभन्दा पहिला त तपाईंले के बुझ्नुपर्छ भने ४५ वर्ष भनेको खासै त्यति धेरै वर्ष पनि होइन । विशेषगरी आधुनिक चिकित्सा प्रणालीको माध्यमले । कुनै बेला आफ्नो कम्पनी ब्रेनट्री पेमेन्ट सोलुसन इबेलाई ८०० मिलियन डलर (२६ करोड रुपैयाँभन्दा बढी) मा बेचेका उनले आफू उमेरभन्दा निकै कम देखिने गरेको दाबी गरेका छन् । ब्रयान जोनसोनका अनुसार उनको मुटु ३७ वर्षको व्यक्तिको जस्तो छ, छाला २८ वर्षको जस्तो, फोक्सोको क्षमता र फिटेनस १८ वर्षको जस्तो भएको बताएका छन् । यसका लागि उनले वार्षिक २ मिलियन डलर खर्च गर्छन् ।

धनाढ्य सफ्टवेर डेभलपरलाई निगरानी गर्न ३० डाक्टरले उनको निगरानी गरिरहेका छन् । यी डाक्टरले उनको प्रत्येक अंगलाई बुढो हुन नदिन विभिन्न तरिकाहरु अपनाइरहेका छन् ।

जोनसनले केही वर्ष पहिले बुढ्यौलीलाई उल्टाउने आफ्नो यात्रा सुरु गरेका थिए । आफ्नो शरीर १८ वर्षका व्यक्तिको जस्तै पार्ने उद्देश्य लिएका उनले मानव प्रतिभा र उन्नत उपकरणमा करोडौँ खर्च गरिसकेका छन् ।

‘शरीरले १८ वर्षको उमेरमा एक निश्चित कन्फिगरेसन प्रदान गर्छ । शरीरको प्रत्येक अंगमा १८ वर्षको उमेर हासिल गर्नु एउटा निकै भिन्न खालको जुनुन हो,’ जोनसनले हालै ब्लुमबर्ग बिजनेससँगको कुराकानीमा भने ।

जोनसनका उनका डाक्टरले यो प्रक्रिया र अभियानलाई ‘प्रोजेक्ट ब्लुप्रिन्ट’ नाम दिएका छन् । यसमा निकै स्ट्रिक्ट डाइट, व्यायाम, निद्रा (एकैसमयमा त्यो पनि निलो प्रकाश छेक्न लगाएको चस्मा लगाएको दुई घण्टापछि) र कहिलेकाँही पीडादायी चिकित्सा प्रक्रियाहरु उनको प्रगतिको निगरानी समावेश छ । उनी मासिक रुपमा वृहत्त रक्त परीक्षण, एमआरआई, अल्ट्रासाउन्ड र कोलोनोस्कोपीसमेत गर्छन् ।

‘म खेलाडी र हलिउड सेलिब्रिटीहरुसँग काम गर्छु र कोही पनि ब्रायन जत्तिको सिरियस छैनन्,’ जोनसोनको टोलीका इन्टर्निस्ट जेफ टोलले भने । तर उनको कडा मेहनतले रङ दिइरहेको छ किनभने वैज्ञानिकका अनुसार उनी साँच्चै जवान भइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप