माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता
शुक्रबार, २० माघ २०७९, १६ : १५

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादीका उपाध्यक्ष तथा सरकारका उपप्रधानमन्त्री समेत रहेका नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न नेता श्रेष्ठ पार्टी कार्यालय आलोकनगर पुगेका हुन् ।
भेटमा एकीकृत समाजवादीका वार्ता टोली सदस्यहरु समेत रहेका छन् । यसअघि बिहीबार समाजवादीका नेता डा.विजय पौडेल माओवादी केन्द्रीय कार्यालय पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए ।
दुवै भेट पार्टी एकता र सरकारसँग सम्बन्धित रहेको नेताहरुले बताएका छन् । सत्ता गठबन्धनमा खटपट भइरहेका बेला दुई पार्टी बीचको संवाद बाक्लिएको हो । माओवादी र नेकपा एकीकृतबीच पार्टी एकताको गृहकार्य भएपनि ठोस निष्कर्षमा पुग्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
-
बङ्गलामुखीको बार आज कुन राशिलाई कति लाभ ?
-
गण्डकीको बर्खे अधिवेशन जेठ ११ देखि
-
वित्तीय जोखिम मूल्याङ्कनको रेड जोन माछापुच्छ्रेमा सबैभन्दा कम बेरुजु
-
चार वायुको प्रभाव नेपालमा, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
एसी मिलानलाई हराउँदै बोलाग्नाले उचाल्यो कोपा इटालियाको उपाधि