माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता
शुक्रबार, २० माघ २०७९, १६ : १५
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादीका उपाध्यक्ष तथा सरकारका उपप्रधानमन्त्री समेत रहेका नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न नेता श्रेष्ठ पार्टी कार्यालय आलोकनगर पुगेका हुन् ।
भेटमा एकीकृत समाजवादीका वार्ता टोली सदस्यहरु समेत रहेका छन् । यसअघि बिहीबार समाजवादीका नेता डा.विजय पौडेल माओवादी केन्द्रीय कार्यालय पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए ।
दुवै भेट पार्टी एकता र सरकारसँग सम्बन्धित रहेको नेताहरुले बताएका छन् । सत्ता गठबन्धनमा खटपट भइरहेका बेला दुई पार्टी बीचको संवाद बाक्लिएको हो । माओवादी र नेकपा एकीकृतबीच पार्टी एकताको गृहकार्य भएपनि ठोस निष्कर्षमा पुग्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण