केपी ओलीसँग लामिछाने र लिङ्देनले गरे २ घण्टा वार्ता

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गरेका छन् । शुक्रबार साँझ ओलीलाई भेट्न लामिछाने र लिङ्देन बालकोट पुगेका हुन् । ओलीसँग उनीहरुले करिव दुई घन्टा बढी छलफल गरेको स्रोतले जनाएको छ ।
सर्वोच्चको फैसलापछि पदच्युत भएका लामिछानेको नागरिकता सक्रिय भएपछि उनले पुनः गृह मन्त्रालय पाउनुपर्ने र नपाए सरकार छाड्ने चेतावनी दिँदै आएका छन् । लामिछानेको मागप्रति प्रधानमन्त्री प्रचण्ड सकारात्मक नभएपछि गठबन्धनमा खटपट आइरहेका बेला ओलीसँग लामिछाने र लिङ्देनले भावी दिनमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गरेको बुझिएको छ ।
लामिछानेले बिहीबारै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेपनि ओली र प्रचण्डले २ दिन पर्खन आग्रह गरेपछि पछि हटेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अद्यावधिक गर्ने निर्णय
-
विमानस्थलमा भैँसी आतङ्कबारे के भन्यो प्राधिकरणले ?
-
सरकारको बेरुजु ७३३ अर्ब नाघ्यो, एकैवर्ष थपियो ६३ अर्ब २८ करोड थप
-
छायाँंछवी डि सिने अवार्ड : कसलाई कुन उपाधि ?
-
इजलासमै पानी परेपछि सुनुवाइ स्थगित
-
'एकीकृत एनआरएनएका लागि खुला संवादका पक्षमा छौँ' (निष्कर्षसहित)