बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

विमानस्थलमा भैँसी आतङ्कबारे के भन्यो प्राधिकरणले ?

बुधबार, ३१ वैशाख २०८२, २० : २३
बुधबार, ३१ वैशाख २०८२

सारांश

  • नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवा विमानस्थलमा भैँसी आतंकबारे प्रकाशित समाचारप्रति ध्यानाकर्षण जनाएको छ।
  • प्राधिकरणले विज्ञप्ति जारी गर्दै भैँसी आतंक र जमिन प्रयोगविहीन भएको समाचारलाई खण्डन गरेको छ।
  • विमानस्थलको स्तरोन्नति र जग्गा अधिग्रहणको प्रक्रियाबारे जानकारी दिइएको छ।
  • विमानस्थललाई बदनाम गर्ने नियतले भएका गतिविधिप्रति प्राधिकरणले आपत्ति जनाउँदै सहयोगको अपिल गरेको छ।

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विगत केही दिनदेखि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा भित्र भैसी आतंकका विषयमा प्रकाशित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

प्राधिकरणले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै भैँसी आतंक एवं अधिकांश जमिन प्रयोगविहीन भन्दै प्रकाशित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । 

आन्तरिक विमानस्थललाई समयक्रम अनुसार नियमित रुपमा स्तरोन्नति गर्ने नेपाल सरकारको योजना बमोजिम उक्त विमानस्थललाई आवश्यक पर्ने उड्डयन संरचना निर्माणको लागि नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार विभिन्न मितिमा पटक पटक जग्गा अधिग्रहणको कार्य हुँदै आएको जारी विज्ञप्तिमा उल्लेख छ । 

‘विद्यमान अवस्थामा सञ्चालनमा रहेको विमानस्थलको मुख्य क्षेत्र Core Aerodrome Area - Airside and Landside मा रहेको Main Fencing भन्दा बाहिर अवस्थित, विमानस्थल निर्माणको क्रममा जग्गा अधिग्रहण गर्दा पूर्ण रुपमा विस्थापित घर परिवारको लागि प्राधिकरणको संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) अन्तर्गत पुनर्वास योजना लागू गर्न, वातावरणीय प्रभाव मुल्यांकन अनुसार विमानस्थलबाट उत्पति हुने फोहरमैलाको व्यवस्थापन गर्न र हवाई सुरक्षाका दृष्टिकोणले अत्यन्त संवेदनशिल मानिने जंगली जनावर तथा पशुपन्छीको गतिविधि नियन्त्रण गरी हवाई सुरक्षा चुनौतीहरु न्युनीकरण गर्न प्राधिकरणले अलग्गै छुट्याएको करिव ४० विगाहा जमिन (Open Land Area) मा भैसी आतंक, अधिकांश जमिन प्रयोग विहिन भनेर सामाजिक सञ्जालमा प्रसारित गतिविधिलाई लिएर सञ्चार माध्यममा अतिरञ्जित हुने गरी विमानस्थल जस्तो संवेदनशिल क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बदनाम गर्ने बदनियतले भएका गतिविधिको खण्डन गर्दै उक्त विमानस्थलको व्यवसायिक सञ्चालनका लागि आ-आफ्नो तर्फबाट सकारात्मक सहयोग, सहकार्य तथा समन्वय गर्न हुन सम्पूर्ण सरोकारवाला वर्गमा प्राधिकरण विशेष अपिल गर्दछ ।’

‘नेपालको हवाई यातायात क्षेत्रको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल माथि रहँदै आएको बाध्यात्मक निर्भरता हटाउने उद्देश्यले नेपाल सरकारले वि.सं. २०७१ सालमा शिलान्यास गरि वि.सं. २०७९ जेष्ठ २ गते निर्माणको कार्य सम्पन्न पश्चात व्यवसायिक अन्तर्राष्ट्रिय उडानको समुद्धघाटन भई हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेको छ,जारी प्रेस विज्ञप्तिमा भनिएको छ, अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पूर्व सो स्थानमा भैरहवा विमानस्थलको नाममा वि.सं.२०१५ सालबाट नै आन्तरिक उडानहरु सञ्चालन हुँदै आएका थिए ।’

496510285_1721641731770970_3063190614780160525_n

494356530_1072714644904295_6592858387444305638_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप