बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

छायाँंछवी डि सिने अवार्ड : कसलाई कुन उपाधि ?

बुधबार, ३१ वैशाख २०८२, २० : २१
बुधबार, ३१ वैशाख २०८२

काठमाडौँ । अभिनेता सौगात  मल्ल र अभिनेत्री केकी अधिकारी सर्वाेत्कृष्ट घोषित भएका छन् । छायाँछवी क्रियशनद्धारा बुधबार कीर्तीपुर स्थित कीर्तीपुर सिनेप्लेस हलमा बाँडिएको १६ औँ छायाँंछवी डि सिने अवार्डमा सौगात फिल्म ‘अगत्स्य’बाट सर्वाेत्कृट अभिनेता र केकी फिल्म ‘प्रसाद २’बाट सर्वाेत्कृष्ट अभिनेत्री घोषित भएका हुन् । कार्यक्रममा सौगात आफैले अवार्ड थापेका थिए, भने केकी भने कार्यक्रममा अनुपस्थिती रहिन् ।

कार्यक्रममा उत्कृष्ट अभिनेता जुरी अवार्ड फिल्म ‘बुलाकी’बाट विराज विष्टले प्राप्त गर्दा उत्कृष्ट नृत्य निर्देशक जुरी लिगेश भट्टराईले फिल्म ‘टुल्की’बाट प्राप्त गरे । अवार्डमा सर्वाेत्कृष्ट राष्ट्रिय चलचित्र काँडेतार बन्यो ।  

फिल्मका बिभिन्न २१ बिधासहित इन्करेजमेन्ट अवार्ड, जुरी अवार्ड समेत बाँडिएको कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेत्री बसुन्धरा भुषाल, चैतेदेवी, गायिका देवीका बन्दना, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली लगायतले अवार्ड बाँडेका थिए । 
खासगरी फिल्म र फिल्मका सर्जकहरू प्रोत्साहित होउन् राम्रा भन्दा राम्रा फिल्म बनुन् भन्ने उद्देश्यले अवार्ड नियमित आयोजना हुँदै आएको छायाँछवि क्रियसनका अध्यक्ष शान्ती प्रियले बताए ।

क–कसले पाए अवार्ड ?
सर्वाेत्कृष्ट चलचित्र : बुलाकी 
सर्वाेत्कृष्ट निर्देशक: निश्चल बस्नेत (दिमाग खराब)
सर्वाेत्कृष्ट अभिनेता: सौगात मल्ल (अगस्त्य)
सर्वाेत्कृष्ट अभिनेत्री: केकी अधिकारी (प्रसाद–२) 
सर्वाेत्कृष्ट सह–अभिनेता: नाजीर हुसेन (अगस्त्य) 
सर्वाेत्कृष्ट सह–अभिनेत्री: पूजा शर्मा (उपहार)
सर्वाेत्कृष्ट खलपात्र: शिशिर वाङदेल (नाङ्गो  गाउँ)
सर्वाेत्कृष्ट नव निर्देशक: उपेन्द्र सुब्बा (जारी)
उत्कृष्ट नव अभिनेता: रितेश चाम्स (गोर्खा वारियर)
सर्वाेत्कृष्ट नव अभिनेत्री: शान्ति वाइबा (नीरफूल)
सर्वाेत्कृष्ट छायांकार: शिव ढकाल (बुलाकी)
सर्वाेत्कृष्ट सम्पादक: विपिन मल्ल/भूपेन्द्र अधिकारी (ऐँचो पैँचो)
सर्वाेत्कृष्ट लेखन: राजबहादुर साने (बुलाकी)
सर्वाेत्कृष्ट द्धन्द निर्देशक: श्रीश्रेष्ठ 
सर्वाेत्कृष्ट नृत्य निर्देशक: कविराज गहतराज (ऐँचो पैँचो)
सर्वाेत्कृष्ट संगीत: अर्जुन पोखरेल (कहिले बार बिर्सिन्छु – उपहार)
सर्वाेत्कृष्ट पाश्र्व गायक: करण परियार (रातले कुर्‍र्या चन्द्रमा– बुलाकी)
सर्वाेत्कृष्ट पाश्र्व गायिका: दुर्गा खरेल (तिमी बदनामी – नीरफूल)
सर्वाेत्कृष्ट गीतकार: हर्क साउद(रीत – जारी) 
सर्वाेत्कृष्ट पाश्र्व सङ्गीत: शाश्वत श्रेष्ठ (उपहार)
सर्वाेत्कृष्ट ध्वनि मिश्रण: सञ्जय श्रेष्ठ (उपहार)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप