जलवायु परिवर्तनबारे सामूहिक आवाज उठाउनुपर्छ – मन्त्री राणा
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यका विषयमा केन्द्रित हुने बताएकी छिन् ।
यो फोरममा जलवायु परिवर्तनको वर्तमान अवस्था र यसले निम्त्याएका चुनौतीबारे बृहत छलफल हुने उनले बताइन् ।
दक्षिण एसियाका लागि जलवायु अनुकूलन र सहनशीलतासम्बन्धी काठमाडौंमा बुधवार आयोजित कार्यशालामा मन्त्री राणाले जलवायु परिवर्तन कुनै एक देशको मात्र नभई सम्पूर्ण विश्वको साझा समस्या भएकाले त्यसअनुरूपको प्रतिबद्धता, सहकार्य र समन्वय आवश्यक हुने स्पष्ट पारिन् ।
‘हाम्रा मात्र प्रयासहरू पर्याप्त छैनन्,’ मन्त्री राणाले भनिन्, ‘साझा समस्यासँग जुध्न सबैको सामूहिक प्रयास आवश्यक छ । त्यसैले नेपालले साझा प्लेटफर्मको रुपमा सगरमाथा संवादको आयोजना गरेको हो ।’
हालका वर्षहरूमा नेपालले तापक्रम वृद्धि, अनियमित वर्षा, बाढी, हिमताल विस्फोट, खडेरी, र डढेलोजस्ता जलवायुजन्य विपत्तिहरूको सामना गरिरहेको स्मरण गराउँदै मन्त्री राणाले यस्ता समस्याहरू क्षेत्रीय मात्र नभई विश्वव्यापी भएको उल्लेख गरिन् ।
उनले भनिन्, ‘नेपालले व्यहोर्दै आएको जलवायु परिवर्तनको अकल्पनीय क्षतिका विषयमा सामूहिक आवाज उठाउन तथा जलवायु न्यायका लागि नेपालले उठाउँदै आएको आवाजलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष थप बुलन्द बनाउन यो सम्मेलन महत्वपूर्ण हुनेछ ।’
जेठ २ गतेदेखि काठमाडौंमा सुरु हुने यो सम्मेलनमा क्षेत्रीय र विश्वव्यापी महत्वका गम्भीर जलवायुसम्बन्धी मुद्दाहरूमा बहस हुने जानकारी उनले दिइन् ।
नेपालको तर्फबाट विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन लागु गरिएको, सोसम्बन्धी रणनीति तथा कार्ययोजना निर्माण गरिएको, र पेरिस सम्झौताको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको जानकारी पनि दिइन् । साथै उनले हरित ऊर्जाको प्रवद्र्धन, विद्युतीय सवारीको प्रयोग, सामुदायिक वनहरूको विस्तार, जलाशय र राष्ट्रिय निकुञ्जहरूको संरक्षणमा सरकारले चालेका कदमबारे पनि जानकारी गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण