माओवादीको स्थायी कमिटी बैठक सुरु
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सुरु भएको पार्टी कोषाध्यक्ष श्रीराम ढकालले बताए ।
पार्टीको बैठक यसअघि पटक पटक सर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताले बैठक सार्नुपरेको ढकालले बताए । गत बिहीबार स्थायी समिति बैठक बस्न नपाउँदै सकिएको थियो भने हिजो अन्तिम समयमा आएर स्थगित भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने सङ्केत दिएपछि परिस्थिति जटिल भएको भन्दै प्रचण्डले बिहीबार बैठक बस्न नपाउँदै स्थगित गरेका थिए ।
रवि लामिछाने नेतृत्वको पार्टीले आजसम्म गृह मन्त्रालय टुङ्गो लगाउन अल्टिमेटम दिएको छ । जसरी पनि गृह मन्त्रालय आफूले पाउनुपर्ने लामिछानेको जोड छ । माओवादीको बैठकमा यो विषयसँगै नेताहरूको जिम्मेवारी बाँडफाँटको विषयमा पनि छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण