सामान चोरी भएपछि वीरेन्द्रनगरमा जारी महोत्सव स्थगित
आइतबार, २२ माघ २०७९, १२ : ३५
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जारी महोत्सव स्थगित भएको छ ।
शनिबार राती स्टलको सामान चोरी भएको भन्दै आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कर्णाली प्रदेशले महोत्सव स्थगित भएको जानकारी गराएको हो । औद्योगिक व्यापार, कृषि, नवीनतम, प्रविधि प्रवर्द्धन र पर्यटनलाई लक्षित गर्दै महोत्सव शुक्रबारबाट सुरु भएको थियो ।
माघ २८ गतेसम्म सञ्चालन हुने महोत्सवको दोस्रो दिनमै स्थगित भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कर्णाली प्रदेश समितिका महासचिव कुल प्रसाद पाण्डेले अर्को सूचना जारी नभएसम्म महोत्सव स्थगित भएको जानकारी दिए ।
उनका अनुसार चोरी भएको सामग्रीको विषयमा छलफल गरिने छ । आइतबार चर्चित गायिका मेलिना राई, मोडल करिश्मा ढकाल, हास्य कलाकार पुरुषोत्तम सापकोटा लगायत कलाकारको प्रस्तुति रहने कार्य तालिका थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
-
सहकारी ठगको पैसा सरकारी बजेटबाट तिर्न सुरु गरे वर्तमान व्यवस्था नै ढल्छ : दुर्गा प्रसाईं
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण