सामान चोरी भएपछि वीरेन्द्रनगरमा जारी महोत्सव स्थगित
आइतबार, २२ माघ २०७९, १२ : ३५

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जारी महोत्सव स्थगित भएको छ ।
शनिबार राती स्टलको सामान चोरी भएको भन्दै आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कर्णाली प्रदेशले महोत्सव स्थगित भएको जानकारी गराएको हो । औद्योगिक व्यापार, कृषि, नवीनतम, प्रविधि प्रवर्द्धन र पर्यटनलाई लक्षित गर्दै महोत्सव शुक्रबारबाट सुरु भएको थियो ।
माघ २८ गतेसम्म सञ्चालन हुने महोत्सवको दोस्रो दिनमै स्थगित भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कर्णाली प्रदेश समितिका महासचिव कुल प्रसाद पाण्डेले अर्को सूचना जारी नभएसम्म महोत्सव स्थगित भएको जानकारी दिए ।
उनका अनुसार चोरी भएको सामग्रीको विषयमा छलफल गरिने छ । आइतबार चर्चित गायिका मेलिना राई, मोडल करिश्मा ढकाल, हास्य कलाकार पुरुषोत्तम सापकोटा लगायत कलाकारको प्रस्तुति रहने कार्य तालिका थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्
-
विकासकाे गतिमा यसरी अघि बढ्दैछ पालुङटार
-
चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस
-
१० बजे १० समाचार : अख्तियारको फन्दामा 'ठुलो माछा', केहीलाई ‘उन्मुक्ति’