शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनयमा ब्यस्त बन्दै मिस पबी !

आइतबार, २२ माघ २०७९, २२ : ४८
आइतबार, २२ माघ २०७९

काठमाडौँ । अचेल बच्चादेखि वृद्धसम्म रमाउने एप्स हो टिकटक । टिकटकबाट जानकारी, मनोरञ्जनका अलवा आम्दानी पनि गर्न सकिन्छ । थुप्रै ब्यक्ति टिकटकमा भाइरल भएर रातारात चर्चित बन्दै नाम र दाम कमाउन सफल छन् । टिकटक अभिनय कला प्रस्तुत गर्ने एउटा माध्यम समेत भएको छ अचेल । त्यसैले पछिल्लो समय कलाकारितामा टिकटकबाट भित्रिनेको लर्काे लागेको छ । ती मध्ये धेरै अभिनयमा दिन प्रतिदिन ब्यस्त समेत बन्दै गएका छन् । 

यस्तै टिकटकबाटै अभिनयमा भित्रिएकी एक सुन्दरी हुन् मिस पबी अर्थात पवित्रा साकी । टिकटकमा ‘मिस पबी’ नामले चर्चित बनेपछि अभिनयमा भित्रिएकी उनलाई अभिनयले भ्याइ नभ्याइछ । उनी अहिले सानो पर्दाको सिरियलदेखि म्युजिक भिडियो र विज्ञापन समेत व्यस्त बन्न थालेकी छिन् । केही अगाडि सार्वजनिक गायिका अनु चौधरी र गायक प्रताप दासको स्वर रहको गीत ‘सँगसँगै’, गायक सुनिल गिरीको गीत ‘जुम्ला’ होस् वा गायक हिमाल सागरको नयाँ गीत ‘आह कति राम्री’ सबैका म्युजिक भिडियोमा उनी नै छाएकी छन् । सबै भिडियोमा पुरुष मोडल भने फरक फरक छन् ।

322393255_534006282082082_4160064539384364448_n

पछिल्लो समय मिडियामा पनि राम्रो छाउने गरेकी उनी पुरानादेखि नयाँ गायक गायिकाको म्युजिक भिडियो मोडलको रुपमा प्रथामिकतामा पर्ने गरेकी छन् । टिकटक र मिडियामा राम्रो चर्चा हुने र भिडियोले पनि राम्रै भिउज पाउने भन्दै उनलाई भिडियो खेलाउन थुप्रै पछि लाग्न थालेका छन् । त्यसैले सातामै उनी अभिनित दुई वा सो भन्दा बढी म्युजिक भिडियो सार्वजनिक समेत हुने गरेका छन् । भिडियोका अलवा अचेल उनलाई विज्ञापन, विभिन्न टेलिसिरियलमा समेत अफर आउन थालेको छ ।

डडेल्धुराको अमरगढी नगरपालिका ८ लटौलीकी उनी डडेल्धुरी भाषामा टिकटक भिडियो पोष्ट गरेको कारण भाइरल भएकी थिइन् ।  यस्तैमा अब उनी नेपालको चर्चित टेलिसिरियल ‘मेरी बास्सै’ मा देखिने भएकी छिन् । त्यसका लागि उनले केही दिन अगाडि दुइ  भाग अभिनय समेत गरिसकेकी छन् । समय मिलेसम्म मेरी बास्सै नियमित अभिनय गर्ने उनको सोच रहेको छ । अन्य केही सिसियलको पनि उनलाई अफर भएको बताइन्छ । समय मिलेसम्म अफर आएका अभिनय गर्ने उनको सोच छ । 

327390835_734757864606441_1609973445138416871_n
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप