शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मिलान डर्बीमा इन्टर विजयी

सोमबार, २३ माघ २०७९, ०७ : २५
सोमबार, २३ माघ २०७९

सान सिरो । लाउटारो मार्टिनेजको निर्णायक गोलको मद्दतले मिलान डर्बीमा इन्टर मिलानले एसी मिलानलाई पराजित गर्न सफल भएको छ । जीतपछि दोस्रो स्थानमा रहेको इन्टर इटालियन सिरिए ए को शीर्ष स्थानमा रहेको नापोलीभन्दा १३ अंकले पछि रहेको छ । नापोलीले आइतबार नै स्पेजियालाई ३–० गोलले हराएको थियो ।

कप्तान मार्टिनेजले खेलको ३४ औँ मिनेटमा कर्नरबाट हेडमार्फत गोल गरेका थिए । खेलको अन्त्यतिर इन्टरका दुई गोललाई रद्द गरिएको थियो । उता एसी मिलानले भने सबै प्रतियोगितामा आफ्ना पछिल्ला ६ खेलमध्ये ५ मा हार बेहोरेको छ । टोली लिगको छैटौँ स्थानमा खस्किएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप