मिलान डर्बीमा इन्टर विजयी
सोमबार, २३ माघ २०७९, ०७ : २५
सान सिरो । लाउटारो मार्टिनेजको निर्णायक गोलको मद्दतले मिलान डर्बीमा इन्टर मिलानले एसी मिलानलाई पराजित गर्न सफल भएको छ । जीतपछि दोस्रो स्थानमा रहेको इन्टर इटालियन सिरिए ए को शीर्ष स्थानमा रहेको नापोलीभन्दा १३ अंकले पछि रहेको छ । नापोलीले आइतबार नै स्पेजियालाई ३–० गोलले हराएको थियो ।
कप्तान मार्टिनेजले खेलको ३४ औँ मिनेटमा कर्नरबाट हेडमार्फत गोल गरेका थिए । खेलको अन्त्यतिर इन्टरका दुई गोललाई रद्द गरिएको थियो । उता एसी मिलानले भने सबै प्रतियोगितामा आफ्ना पछिल्ला ६ खेलमध्ये ५ मा हार बेहोरेको छ । टोली लिगको छैटौँ स्थानमा खस्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण