शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सेती नदीमा हाम्फालेका युवकको शव फेला

सोमबार, २३ माघ २०७९, २१ : ०६
सोमबार, २३ माघ २०७९

बझाङ । बझाङको दुर्गाथली गाउँपालिका–२ स्थित झननामा सेती नदिमा हाम्फालेका युवकको शव भेटिएको छ । छबिस पाथिभेरा गाउँपालिका–४ घर घएका २९ वर्षीय नरेश थापाको शव गोताखोर टिमले निकालेको सशस्त्र प्रहरी प्रवक्ता (एसएसपी) पुरुषोत्तम थापाले रातोपाटीलाई बताए । 

माघ २० मा नरेश थापा सेतीमा हाम फालेका थिए । हाम फालेको स्थानबाट करिब ५० मिटर तल शव भेटिएको एसएसपी थापाले जानकारी दिए ।  बेपत्ताको खोजीमा बैद्यनाथ बाहिनी मूख्यालय कैलालीबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोर परिचालन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप