विकेन्ड म्यारिज : श्रीमान्–श्रीमती छुट्टाछुट्टै घरमा बस्छन्, हप्ता दिनमा भेट्छन्
मानिसको सोच र समाज परिवर्तन हुँदै छ । साथै बिहेको चलन पनि छ । तर यो परिवर्तनशील समाजमा मानिसको विवाह प्रतिको सोच पनि फेरिएको छ ।
आजकल जापानमा ‘वीकेन्ड म्यारिज’ लोकप्रिय बन्दै गएको छ । विवाहपछि पनि मानिसहरू आ–आफ्नो घरमा बसिरहेका छन् । उनीहरू एक अर्कालाई सप्ताहान्तमा मात्र भेट्छन् । आफ्ना भावनाहरू साटासाट गर्छन् । भविष्यका लागि योजनाहरू बनाउँछन् । पारिवारिक जिम्मेवारीहरू पनि बाँड्छन्, तर सधैँ सँगै बस्दैनन् ।
जिम ट्रेनर हिरोमी ताकेडा यस्तै खालको वैवाहिक सम्बन्धमा छिन् । उनी भन्छिन्, ‘म मेरो श्रीमानलाई धेरै माया गर्छु । उनीबिनाको जीवन कल्पना पनि गर्न सक्दिनँ । तर हामी दुवैको जीवन शैली फरक छ । म बिहान ४ बजे उठ्छु, उनी ८ बजेसम्म सुतिरहन्छन् । म आफ्नै तरिकाले घरको व्यवस्थापन गर्छु, उनी आफ्नो घरमा आफ्नै शैलीले जीवन बिताउँछन् । आफ्नो स्वतन्त्रतासँग सम्झौता नगरीकनै हामी विवाहको आनन्द उठाइरहेका छौँ । हामीले आ–आफ्नो शौकसँग सम्झौता गर्न किन पर्यो र ?’
‘सँगै बस्नुभन्दा पार्टनरलाई माया र सम्मान गर्नु नै महत्त्वपूर्ण हो जस्तो मलाई लाग्छ,’ उनी भन्छिन् ।
‘म कहिले पनि मेरो श्रीमान् सँगै बसिनँ । कहिल्यै बस्न सक्छु जस्तो पनि लाग्दैन । हामीले छुट्टै बस्ने यस कारण पनि निर्णय गर्याँै किनभने हाम्रो लागि यही नै सबैभन्दा राम्रो हो,’ उनले भनिन् ।
महिलालाई धेरै मन परिरहेको छ यो चलन
जापानमा विकेन्ड म्यारिजको बढ्दो ट्रेन्ड महिलालाई मन परिरहेको छ । विवाहको व्यवस्थामा महिलाले बढी सम्झौता गर्नुपर्ने उनीहरूको विश्वास छ । जापानमा महिलाले पुरुषको तुलनामा ५ गुणा बढी घरेलु काम गर्ने गरेको एक प्रतिवेदनले देखाएको छ ।
हिदेकाजू ताकेदा एक व्यापार सल्लाहकार हुन् । उनी भन्छन्, ‘विवाहका लागि सधैँ सँगै बस्नैपर्छ भन्ने छैन । मलाई एक्लै बस्न मन पर्छ । यो मसँग मिल्दोजुल्दो छ ।’
‘म विरलै मेरी श्रीमतीको घरमा रात बस्छु । उनको घरमा मेरो दाँत माझ्ने ब्रस पनि छैन, ’ उनले भने ।
‘घरको हेरचाह गर्ने नाममा म लुगा वासिङ मेसिनमा धुन्छु । तयारी खाना खान्छु । दिनहुँ घरको सरसफाईमा समय खेर फाल्न मन लाग्दैन । जबकि श्रीमती बिहान उठेर घरको धेरै काममा व्यस्त हुन्छिन् । यस्तै, उनकी श्रीमती हिरोमी भन्छिन्, ‘हामी सँगै बसेको भए सायद मैले आफूलाई मन पर्ने धेरै काम गर्न सक्ने थिइनँ । यसले मलाई तनाव दिने थियो । ’
एक्लै बस्दा अफसोस लाग्दैन
‘एक्लै बस्ने भएकाले मलाई कुनै पनि खालको अफसोसमा बस्नु पर्दैन । हामी एक–अर्कासँग एक घण्टाको दुरीमा बस्छौँ । हप्तामा दुई–तीन पटक भेट्छौँ,’ उनी थप्छिन्, ‘विकेन्ड वा सेपरेशन म्यारिजमा विवाह गरे पनि अविवाहितको आभास हुन्छ ।’
यसका अन्य फाइदाबारे कुरा गर्दै उनी भन्छिन्, ‘भावनात्मक लगाव रहिरहन्छ । साथै तपाईँसँग यस्तो साथी हुन्छन् जसलाई तपाईँले आँखा चिम्लेर विश्वास गर्न सक्नुहुन्छ । कामकाजी नै भए पनि घरको काम महिलाको मात्रै जिम्मेवारी ठानिन्छ । यसका कारण धेरै मानिस पिल्सिन बाध्य छन् ।’
हिरोमी भन्छिन्, ‘छुट्टै बस्नुका केही हानी पनि छन् । जस्तै कि मैले बच्चा हुर्काउन श्रीमतीको सहयोग पाउँदिन । घरको काम सबै एक्लै गर्नुपर्छ । ’
‘कहिलेकाहीँ म काम नलाग्ने श्रीमान् हुँ कि जस्तो पनि लाग्छ । छोरालाई उनी एक्लैले हर्काइरहेकी छिन् ,’ तकेदा भन्छन् ।
यसबारे तपाईँकी श्रीमतीले के भन्छिन् त भनेर सोधिएको प्रश्नको जवाफमा उनले हाँस्दै भने, ‘यसबारे मेरी श्रीमतीले मलाई सधैँ गाली गर्छिन् । ’
तर यति बेला विकेन्ड म्यारिजका हानिभन्दा फाइदा धेरै भएको हिरोमी भन्छिन् ।
विकेन्ड म्यारिजमा दुवै आत्मनिर्भर हुन जरुरी
विकेन्ड म्यारिज सफल हुनका लागि दुवै कामकाजी हुनुपर्ने हिरोमी बताउँछिन् । आफ्नो पहिलो विवाहबाट पनि उनले यही पाठ सिकेको उनी बताउँछिन् ।
यो नयाँ अवधारणामा महिलाको प्रतिक्रिया सकारात्मक भए पनि पुरुषले भने खाना बनाउनेदेखि कपडा धुनेसम्मको सबै काम आफैँले गर्नुपर्छ भने यस्तो विवाहको के फाइदा भनेर प्रश्न सोधिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण