शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चन्दनाथ नगरपालिकाद्वारा आगलागी पीडितलाई राहत वितरण

मङ्गलबार, २४ माघ २०७९, २० : १९
मङ्गलबार, २४ माघ २०७९

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ ।

चन्दननाथ-१ ठिन्केका आगलागी पीडित लोगबहादुर भण्डारीलाई मंगलबार कार्यवाहक नगरप्रमुख नवराज देवकोटाले राहत वितरण गरेका हुन् ।

नगरपालिकाले पीडित लोगबहादुर भण्डारीलाई १ लाख ५० हजार रुपैयाँको चेक प्रदान गरिएको कार्यवाहक नगरप्रमुख देवकोटाले बताए ।

सोमबार राति आगलागीबाट उनकी १६ वर्षकी छोरी वन्दना भण्डारीको मृत्यु भएको थियो।

अन्नपात, लत्ताकपडा, भाँडाकुँडा र धनमाल नष्ट भएर बेसहारा बनेका ५ जना घरपरिवारलाई  राहत उपलब्ध गराइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप