धादिङमा स्कुटर दुर्घटना हुँद किशोरको मृत्यु
मङ्गलबार, २४ माघ २०७९, २० : २७
धादिङ । धादिङको महादेववेशीमा टिप्परमा स्कुटर ठोक्किएर एकजना किशोरको मृत्यु भएको छ ।
दुर्घटनामा परेर थाक्रे गाउँपालिका–११ घर भएका १५ वर्षीय संगम लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्याम खत्रीले रातोपाटीलाई बताए ।
पृथ्वी लोकमार्गमा काठमाडौंबाट गजुरी जाँदै गरेको बागमती प्रदेश–२–०२५ प ५१११ नम्बरको स्कुटर पार्किङ गरेर राखेको बा.४ ख २६५४ नम्बरको टिप्परमा ठोक्किएको थियो ।
दुर्घटनामा घाइते भएका संगमको उपचारको क्रममा धार्के स्थित शाहीबाबा अस्पतालमा मृत्यु भएको डिएसपी खत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायी र सरकारबिच टकराब : निर्माण रोकिएका ठेक्का तोड्न सचिवको निर्देशन
-
राष्ट्र बैंककाे अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव
-
परीक्षार्थीको मोबाइल नष्ट गर्नुको सट्टा किताब हेरेर जाँच दिन लगाऊँ
-
शशांक कोइराला भन्छन्– नेपाली कांग्रेस फुटिसक्यो
-
नक्कली प्रतिनिधि खडा गरिएकाे भन्दै रास्वपा कर्णाली अधिवेशनमा विवाद
-
युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण