बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धादिङमा स्कुटर दुर्घटना हुँद किशोरको मृत्यु

मङ्गलबार, २४ माघ २०७९, २० : २७
मङ्गलबार, २४ माघ २०७९

धादिङ । धादिङको महादेववेशीमा टिप्परमा स्कुटर ठोक्किएर एकजना किशोरको मृत्यु भएको छ । 

दुर्घटनामा परेर थाक्रे गाउँपालिका–११ घर भएका १५ वर्षीय संगम लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्याम खत्रीले रातोपाटीलाई बताए । 

पृथ्वी लोकमार्गमा काठमाडौंबाट गजुरी जाँदै गरेको बागमती प्रदेश–२–०२५ प ५१११ नम्बरको स्कुटर पार्किङ गरेर राखेको बा.४ ख २६५४ नम्बरको टिप्परमा ठोक्किएको थियो । 

दुर्घटनामा घाइते भएका संगमको उपचारको क्रममा धार्के स्थित शाहीबाबा अस्पतालमा मृत्यु भएको डिएसपी खत्रीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप