बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जीतपुरसिमरा उपमहानगरद्वारा आकस्मिक र प्रसूति सेवासहित अस्पताल सञ्चालन

बिहीबार, २६ माघ २०७९, ०९ : ३६
बिहीबार, २६ माघ २०७९

बारा । जीतपुरसिमरा उपमहानगरले २४ घण्टा आकस्मिक र प्रसूति सेवा सहित अस्पतालको सेवा सुरु गरेको छ । उपमहानगरको वडा नं २ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई नै स्तर उन्नति गर्दै बुधवारदेखि अस्पतालको सेवा सुरु गरेको हो ।

उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख रवि भास्करले जनतालाई अनुभूति हुने गरी दक्ष जनशक्ति सहित सेवा प्रवाह गर्ने बताए । ‘हिजोसम्म डाक्टरको उपलब्धता थिएन, अव २४ सै घण्टा डाक्टर उपलब्ध हुन्छन्, यहाँ आएपछि तत्काल उपचार नपाएर बिरामीले ज्यान गुमाउनु पर्दैन’ स्वास्थ्य महाशाखा प्रमुख भास्करले भने ‘हामीले ठुलो र सुविधा सम्पन्न अस्पताल पुर्‍याउनु अघि बिरामीको जीवन बचाउने  कामहरू गर्न सक्छौ’

अस्पतालले यसअघि बिहान १० बजेदेखि १ बजेसम्म मात्रै सञ्चालन गर्दै आएको बहिरङ्ग (ओपिडी) सेवालाई बुधवारदेखि ५ बजेसम्म सञ्चालनमा ल्याइएको छ ।

तत्कालका लागि शल्यक्रिया बाहेकको प्रसूति सेवा उपलब्ध गराउने अस्पताल प्रशासनले जनाएको छ । आवश्यक स्रोत साधनको उपलब्धता पछि शल्यक्रिया सहितको सेवा प्रवाह गर्ने जीतपुरसिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले जनाएका छन् । ‘तत्कालका लागि डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मीहरूलाई  आन्तरिक श्रोतबाट नै व्यवस्थापन गर्ने गरी अस्पतालको सुरुवात गरिएको छ’ नगरप्रमुख पौडेलले भने ‘यो अस्पताल सुरुवातमा १५ शय्या सम्मको सञ्चालन गर्छौ र निकट भविष्यमा आइसीयू बेड सञ्चालन गर्ने, हेमोडाइलासिस मेसिन ल्याएर सेवा सुरुवात गर्ने हाम्रो तयारी छ’

स्थानीय तह सरकार सञ्चालन ऐनले उपमहानगरको मापदण्ड भित्र १५ शय्याको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । तर बितेको ५ वर्षमा उपमहानगरले एउटै अस्पताल सञ्चालन गर्न सकेको थिएन । 

स्थानीय तह सरकार सञ्चालन ऐनले आफ्नो पालिका भित्र २५शय्यासम्मको अस्पताल सञ्चालन गर्न निजी क्षेत्रलाई अनुमति दिन सक्ने व्यवस्था गरेको छ । नगरप्रमुख पौडेलले अगामी दिनमा उपमहानगर भित्र सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थाहरुम अनुगमन तथा नियमन सुरु गर्ने जनाएका छन् । पछिल्लो समय निजी अस्पतालहरूले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेपछि सुस्त रहेको स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिई प्रभावकारितामा ध्यान दिने र अस्पतालमा फार्मेसी स्थापना गर्ने योजना रहेको  नगरप्रमुख पौडेलले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप