सगरमाथा संवादमा प्रकृति संरक्षणमा योगदान भएका समुदायका आवाज उठान गर्न माग
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आसन्न सगरमाथा संवादमा विदेशी पाहुनाका साथै मुलुकभित्रबाट सबै समावेशी प्रतिनिधित्व हुने गरी व्यवस्था गरिएको बताएका छन् । आदिवासी जनजाति महिला युवा सञ्जालले आज यहाँ आयोजना गरेको सगरमाथा संवादको ‘प्रि संवाद’ कार्यक्रममा उनले जलवायु परिवर्तनको असरबाट प्रभावित समुदायका मुद्दामा छलफल हुने उल्लेख गरे ।
मन्त्री शाहीले भने, ‘प्रकृतिको समिपमा रहने समुदाय जलवायुबाट बढी प्रभावित भएको महसुस भएको विषय हो, त्यसलाई सम्बोधन गर्न सरकारले नीतिगत व्यवस्था गरेको छ ।’
कार्यक्रममा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले नेपाल जलवायुका असरबाट विश्वमै सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा रहेको उल्लेख गर्दै समाधानका लागि विश्व मञ्चमा सशक्त रुपमा आवाज उठाउनुपर्ने बताइन् । साथै उनले प्रकृति संरक्षणमा महत्वपूर्ण योगदान भएका समुदायका आवाज प्राथमिकता साथ सगरमाथा संवादमा उठाउन सुझाव दिइन् ।
सञ्जालका अध्यक्ष रिसा श्रेष्ठले जलवायु परिवर्तनका असरबाट प्रकृतिसँग प्रत्यक्ष जोडिएका आदिवासी जनजाति समुदाय बढी प्रभावित भएको उल्लेख गर्दै उनीहरुका समस्या सम्बोधनमा सरकार संवेदनशील हुनुपर्ने बताइन् । मन्त्रालयका उपसचिव प्रकाशसिंह थापा सगरमाथा संवादको तयारी बारेमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण