शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

राष्ट्रिय गौरवका आयोजनालाई गेम चेन्जर प्रोजेक्टका रूपमा बजेटमा निर्धारण गर्नुपर्छ : सांसद पाण्डे

बुधबार, ३१ वैशाख २०८२, १५ : ०२
बुधबार, ३१ वैशाख २०८२

समाचार सारांश

  • सांसद राजेन्द्रप्रसाद पाण्डेले राष्ट्रिय गौरवका आयोजनालाई गेम चेन्जरका रूपमा बजेट दिनुपर्ने बताए।
  • निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई अघि बढाउनुपर्नेमा जोड दिए।
  • बुढीगण्डकी जलविद्युत आयोजना र जलाशययुक्त आयोजना निर्माणमा बजेट केन्द्रित गर्न आग्रह गरे।
  • मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गलाई पूरा गर्न बजेटको माग गरे।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरूलाई गेम चेन्जर प्रोजेक्टका रूपमा बजेट निर्धारण गरी काम अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।  

प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन भइसकेपछि थन्किएको बताउँदै उक्त विमानस्थल निर्माण हुनुपर्ने बताए । 

उनले बुढी गण्डकी जलविद्युत आयोजना निर्माण र अन्य जलाशययुक्त आयोजना निर्माणमा बजेटमा ध्यान दिन आग्रह गरे । उनले लामो समयदेखि पुष्पलाल मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग अधुरो अवस्थामा रहेकाले त्यसलाई पूरा गर्ने गरी बजेट ल्याउन सुझाव दिए ।

सांसद पाण्डेले प्रधानमन्त्रीले सिंहदरबारबाट रिमोट थिचेर ५ शैंयाका अस्पताल प्रत्येक पालिकामा बनाउने बताएका थिए । उक्त अस्पतालहरू निर्माणका लागि यो बजेट आउनेछ भन्नेमा आफू ढुक्क रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप