राष्ट्रिय गौरवका आयोजनालाई गेम चेन्जर प्रोजेक्टका रूपमा बजेटमा निर्धारण गर्नुपर्छ : सांसद पाण्डे
सारांश
- सांसद राजेन्द्रप्रसाद पाण्डेले राष्ट्रिय गौरवका आयोजनालाई गेम चेन्जरका रूपमा बजेट दिनुपर्ने बताए।
- निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई अघि बढाउनुपर्नेमा जोड दिए।
- बुढीगण्डकी जलविद्युत आयोजना र जलाशययुक्त आयोजना निर्माणमा बजेट केन्द्रित गर्न आग्रह गरे।
- मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गलाई पूरा गर्न बजेटको माग गरे।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरूलाई गेम चेन्जर प्रोजेक्टका रूपमा बजेट निर्धारण गरी काम अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन भइसकेपछि थन्किएको बताउँदै उक्त विमानस्थल निर्माण हुनुपर्ने बताए ।
उनले बुढी गण्डकी जलविद्युत आयोजना निर्माण र अन्य जलाशययुक्त आयोजना निर्माणमा बजेटमा ध्यान दिन आग्रह गरे । उनले लामो समयदेखि पुष्पलाल मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग अधुरो अवस्थामा रहेकाले त्यसलाई पूरा गर्ने गरी बजेट ल्याउन सुझाव दिए ।
सांसद पाण्डेले प्रधानमन्त्रीले सिंहदरबारबाट रिमोट थिचेर ५ शैंयाका अस्पताल प्रत्येक पालिकामा बनाउने बताएका थिए । उक्त अस्पतालहरू निर्माणका लागि यो बजेट आउनेछ भन्नेमा आफू ढुक्क रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण