जीतपुरसिमरा उपमहानगरद्वारा आकस्मिक र प्रसूति सेवासहित अस्पताल सञ्चालन
बारा । जीतपुरसिमरा उपमहानगरले २४ घण्टा आकस्मिक र प्रसूति सेवा सहित अस्पतालको सेवा सुरु गरेको छ । उपमहानगरको वडा नं २ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई नै स्तर उन्नति गर्दै बुधवारदेखि अस्पतालको सेवा सुरु गरेको हो ।
उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख रवि भास्करले जनतालाई अनुभूति हुने गरी दक्ष जनशक्ति सहित सेवा प्रवाह गर्ने बताए । ‘हिजोसम्म डाक्टरको उपलब्धता थिएन, अव २४ सै घण्टा डाक्टर उपलब्ध हुन्छन्, यहाँ आएपछि तत्काल उपचार नपाएर बिरामीले ज्यान गुमाउनु पर्दैन’ स्वास्थ्य महाशाखा प्रमुख भास्करले भने ‘हामीले ठुलो र सुविधा सम्पन्न अस्पताल पुर्याउनु अघि बिरामीको जीवन बचाउने कामहरू गर्न सक्छौ’
अस्पतालले यसअघि बिहान १० बजेदेखि १ बजेसम्म मात्रै सञ्चालन गर्दै आएको बहिरङ्ग (ओपिडी) सेवालाई बुधवारदेखि ५ बजेसम्म सञ्चालनमा ल्याइएको छ ।
तत्कालका लागि शल्यक्रिया बाहेकको प्रसूति सेवा उपलब्ध गराउने अस्पताल प्रशासनले जनाएको छ । आवश्यक स्रोत साधनको उपलब्धता पछि शल्यक्रिया सहितको सेवा प्रवाह गर्ने जीतपुरसिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले जनाएका छन् । ‘तत्कालका लागि डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मीहरूलाई आन्तरिक श्रोतबाट नै व्यवस्थापन गर्ने गरी अस्पतालको सुरुवात गरिएको छ’ नगरप्रमुख पौडेलले भने ‘यो अस्पताल सुरुवातमा १५ शय्या सम्मको सञ्चालन गर्छौ र निकट भविष्यमा आइसीयू बेड सञ्चालन गर्ने, हेमोडाइलासिस मेसिन ल्याएर सेवा सुरुवात गर्ने हाम्रो तयारी छ’
स्थानीय तह सरकार सञ्चालन ऐनले उपमहानगरको मापदण्ड भित्र १५ शय्याको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । तर बितेको ५ वर्षमा उपमहानगरले एउटै अस्पताल सञ्चालन गर्न सकेको थिएन ।
स्थानीय तह सरकार सञ्चालन ऐनले आफ्नो पालिका भित्र २५शय्यासम्मको अस्पताल सञ्चालन गर्न निजी क्षेत्रलाई अनुमति दिन सक्ने व्यवस्था गरेको छ । नगरप्रमुख पौडेलले अगामी दिनमा उपमहानगर भित्र सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थाहरुमा अनुगमन तथा नियमन सुरु गर्ने जनाएका छन् । पछिल्लो समय निजी अस्पतालहरूले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेपछि सुस्त रहेको स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिई प्रभावकारितामा ध्यान दिने र अस्पतालमा फार्मेसी स्थापना गर्ने योजना रहेको नगरप्रमुख पौडेलले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी राजमार्ग : राति यातायात सञ्चालनमा रोक कायमै
-
दाईजोमा गाउँ नै दिने प्रथा अझै कायमै
-
१२ बजे, १२ समाचार : 'शेखर र शशांकलाई सुजाताको भाइटिका' देखि 'पूर्वमुमा बडामहारानी अस्वस्थ' सम्म
-
वर्षाका कारण स्कटल्यान्ड र नेपालबीचको खेल रोकियो
-
घुमघामको याम : यी हुन् गण्डकीका घुम्ने ठाउँ
-
अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको अध्यक्षमा भारत चयन