बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्डलाई भेटेर भूकम्प पीडितको समस्या समाधान गर्न नेता रावलको आग्रह

बिहीबार, २६ माघ २०७९, १५ : ११
बिहीबार, २६ माघ २०७९

काठमाडौं । नेकपा एमालेका नेता डा भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरी केहि दिन अघि सुदूरपश्चिममा गएको भूकम्पका पीडितको समस्या समाधान गर्न आग्रह गरेका छन् । 

बुधबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर नेता रावलले केही दिन अघि सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, अछाम, बझाङ र बाजुरामा गएको भूकम्पका पीडितको समस्या समाधान गर्न आग्रह गरेका हुन् । 

बिहीबार सामाजिक सञ्जालमा लेख्दै रावलले यसबारेमा जानकारी दिएका छन् । उनले प्रधानमन्त्री प्रचण्डले भूकम्प पीडितको समस्या समाधान हुने भनेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप