सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

फाल्गुन तेस्रो सातादेखि दोलखा महोत्सव

आइतबार, २९ माघ २०७९, १० : १६
आइतबार, २९ माघ २०७९

दोलखा  । दोलखाको सदरमुकाम चरिकोटमा आगामी फागुन तेस्रो सातादेखि दोलखा महोत्सव २०७९ सुरु हुने भएको छ ।

दोलखा चेम्बर अफ कमर्स दोलखा र भीमेश्वर नगरपालिकाको सहयोगमा हुने महोत्सव फागुन १९ देखि २७ गतेसम्म हुने शनिबार आयोजित पत्रकार सम्मेलनबाट जानकारी दिएको छ ।

देशभर कोरोना महामारीले व्यापार अझै लयमा नआएको र खस्कँदो व्यापार लयमा फर्काइ आर्थिक चहलपहल बढाउन महोत्सव आयोजना गर्न लागिएको चेम्बर अफ कमर्स दोलखाका उपाध्यक्ष रुद्र जङ्ग बुढाथोकी जानकारी दिए । दोलखा महोत्सवले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्राइ कृषि, आर्थिक क्षेत्र उकास्न, जिल्लालाई समृद्ध बनाउन सहयोग पुग्नेमा विश्वस्त छ ।

उक्त महोत्सवमा जिल्लका विभिन्न जातजातिहरूको प्रतियोगितात्मक झाँकीहरू प्रस्तुति, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरूको प्रस्तुति, आर्थिक कृषि, पशु, पर्यटन र जिल्लामा जलविद्युतको सम्भावनाको बारेमा बहस छलफल गरिने, माउन्टेन फ्लाइटमार्फत जिल्लाका मनोरम स्थलका अवलोकन र अप्पर तामाकोशीको स्थानीयवासीको शेयर अभौतिकिकरण शिविर समेत राखिने दोलखा चेम्बर अफ कमर्स दोलखा उपाध्यक्ष बुढाथोकीले बताए । दोलखा महोत्सव गत २०७६ यता कोरोना महामारीका कारण स्थगित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप