फाल्गुन तेस्रो सातादेखि दोलखा महोत्सव
दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा आगामी फागुन तेस्रो सातादेखि दोलखा महोत्सव २०७९ सुरु हुने भएको छ ।
दोलखा चेम्बर अफ कमर्स दोलखा र भीमेश्वर नगरपालिकाको सहयोगमा हुने महोत्सव फागुन १९ देखि २७ गतेसम्म हुने शनिबार आयोजित पत्रकार सम्मेलनबाट जानकारी दिएको छ ।
देशभर कोरोना महामारीले व्यापार अझै लयमा नआएको र खस्कँदो व्यापार लयमा फर्काइ आर्थिक चहलपहल बढाउन महोत्सव आयोजना गर्न लागिएको चेम्बर अफ कमर्स दोलखाका उपाध्यक्ष रुद्र जङ्ग बुढाथोकी जानकारी दिए । दोलखा महोत्सवले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्राइ कृषि, आर्थिक क्षेत्र उकास्न, जिल्लालाई समृद्ध बनाउन सहयोग पुग्नेमा विश्वस्त छ ।
उक्त महोत्सवमा जिल्लका विभिन्न जातजातिहरूको प्रतियोगितात्मक झाँकीहरू प्रस्तुति, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरूको प्रस्तुति, आर्थिक कृषि, पशु, पर्यटन र जिल्लामा जलविद्युतको सम्भावनाको बारेमा बहस छलफल गरिने, माउन्टेन फ्लाइटमार्फत जिल्लाका मनोरम स्थलका अवलोकन र अप्पर तामाकोशीको स्थानीयवासीको शेयर अभौतिकिकरण शिविर समेत राखिने दोलखा चेम्बर अफ कमर्स दोलखा उपाध्यक्ष बुढाथोकीले बताए । दोलखा महोत्सव गत २०७६ यता कोरोना महामारीका कारण स्थगित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
-
सहकारी ठगको पैसा सरकारी बजेटबाट तिर्न सुरु गरे वर्तमान व्यवस्था नै ढल्छ : दुर्गा प्रसाईं
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण