शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री शाहले भेटे सभापति देउवालाई

आइतबार, २९ माघ २०७९, ११ : ३४
आइतबार, २९ माघ २०७९

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह काठमाडौँ  आइपुगेका छन् । नेकपा एमाले नेतृत्वको सरकार विश्वासको मत नपाएर ढलेपछि शुक्रवार मुख्यमन्त्री बनेका शाह आइतबार काठमाडौँ आइपुगेका हुन् । 

उनी बिहान सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पुगे । शनिवार नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसँग भेटवार्ता गरेका मुख्यमन्त्री शाहले आइतबार बिहान देउवासँग भेटवार्ता गरेका छन् । प्रदेशसभाको सबैभन्दा ठुलो दलको हैसियतमा मुख्यमन्त्री बनेका शाहलाई विश्वासको मत सिद्ध गर्न नागरिक उन्मुक्ति पार्टी वा माओवादी केन्द्रको साथ चाहिने छ ।

मुख्यमन्त्री शाहलाई कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसदको साथ छ । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसदको समर्थन हुनुपर्छ । मुख्यमन्त्री शाहले नाउपाका संरक्षक रेशम चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्ने तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप