इलाम र बझाङमा किन भयो कम मतदान ?
काठमाडौँ । इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा मुख्य निर्वाचनमा जस्तो मतदाताको उल्लेख्य सहभागिता भएन । निर्वाचन आयोगले पाएको प्रारम्भिक विवरण अनुसार इलाम क्षेत्र नम्बर २ मा ५५ प्रतिशत हाराहारी र बझाङमा ५० प्रतिशत हाराहारी मतदान भएको छ ।
आयोगले गरेको अपेक्षाभन्दा केही थोरै मतदान भएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताएका छन् । शनिबार रातोपाटीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले भने–‘निर्वाचनमा मतदाता कम हुनुमा दुई तीनवटा कारण हुन सक्छ । मतदाता नामावली अद्यावधि गर्नका लागि हामीले जति आग्रह गरे पनि त्यो अपडेट नगर्ने अवस्थाले हुनसक्छ । जस्तो मृत्यु भएको मान्छेको मतदाता नामावलीमा नाम समावेश भइरहनु, त्यसबारे आयोगलाई जानकारी नगराउँदा, घर परिवारका मान्छेले आयोगलाई जानकारी नगराएसम्म हामीले हटाउन सक्दैनौँ । मतदाता नामावली नै कम अपडेट हुनुपनि कारण हुन सक्छ ।’
उनले अगाडि भने–‘अर्को कुरा त्यहाँका मानिसहरू उक्त जिल्लाबाहिर जागिरे होलान्, कतिपय विदेश पनि गएका होलान् । त्यहाँ मौजुद रहेमा मानिसहरूले भोट नहालेको भन्ने देखिँदैन । इलामका कतिपय मैले चिनेका मान्छेलाई फोन गरेर कहाँ हुनुहुन्छ भनेर सोध्दा काठमाडौँमै छु भन्छन् । काठमाडौँमा भएका कर्मचारी पनि गएनन् । मतदाता नामावलीमा नाम छ तर मान्छे त्यहाँ छैन, त्यस कारणले पनि मत कम खसेको हो ।’
यस्तै पहिला कर्मचारीका लागि अस्थायी मतदाता नामावली बनाएर जहाँ खटिएको छ त्यहीँ मतदान गर्न पाउने व्यवस्था गरेकोमा अहिले सो नगरिएको उल्लेख गरे । राष्ट्रिय निर्वाचन जस्तो उपनिर्वाचनमा उत्साह पनि कम हुने भएकाले अहिले खसेको मत ठिकै रहेको थपलियाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण