चिया तथा कफी विकास बोर्डले उद्देश्यअनुसार काम गरेन : कृषिमन्त्री साह
काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले चिया तथा कफी विकास बोर्डले आफ्नो उद्देश्यअनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । २८ औँ राष्ट्रिय चिया दिवसको अवसर पारेर शनिबार काठमाडौँको कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले असन्तुष्टि व्यक्त गरेकी हुन्।
भत्ता र सरुवा, बढुवाको माग गर्ने चिया तथा कफी विकास बोर्डले मुलुकको निर्यात व्यापारलाई बढवा दिने गरी चिया तथा कफीको गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने उनले बताइन् । ६० हजार बढिलाई रोजगारी दिने चिया तथा कफी क्षेत्रले मुलुकको समृद्धिमा योगदान दिन सक्ने भएकाले सोही अनुसार काम गर्नुपर्ने मन्त्री साहको भनाई थियो ।
उनले भनिन्, ‘आज यो कार्यक्रम एउटा हलमा सीमित छ । मलाई पनि कता कता खुल्दुली लागिरहेको छ–यो कार्यक्रम इलामको कुनै बगानमा गर्नुपर्थ्यो । अथवा झापाको कुनै बगानमा गर्नु पर्दथ्यो । चिया बगानमा गर्दा अझ बेटर हुन्थ्यो कि भन्ने मलाई लागेको छ । हुन तः म आफैँले हिजोदेखि यो कार्यालय सम्हालेको छु । धेरै कुराहरू आइसकेको छ कि यो चिया, कफी बोर्ड यसको विकासका गर्नका लागि बोर्ड बनेको हो । तर दुई वर्षमा बैठक बस्छ । त्यसमा पनि भत्ता र सरुवा हुने कुरा यहाँ आइसक्यो । सुझाव दिनेहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु । र जो वास्तविक कृषक छ । १६ हजार लगभग किसानहरूले झापा, इलाम, धनकुटा, पाँचथर, तेह्रथुम लगायतका जिल्लाहरूमा जो सुरुवात गर्नुभएको छ । चिया तथा कफी व्यवसायीहरूले जो सुरुवात गर्नुभएको छ । र अझ बिस्तार गरेर १४ जिल्ला अझ थप गर्नुभएको छ । खुसीको कुरा कहाँनिर छ भने हामी निराश भन्दा पनि हिजोको ४ वटा जिल्ला झापा, इलामबाट सुरु चिया आज झापा, तेह्रथुम, धनकुटा, पाँचथर लगायत अझ हामीले बिस्तार गरेर सबै गरेर १९ जिल्लामा हामी काम गरिराखेका छौँ । जसमा ६० हजार श्रमिकहरूले काम गर्न पाएका छौँ । यो चानचुन कुरा होइन । देशलाई समृद्ध बनाउन पनि हामी जे जति छ, त्यसैमा सन्तुष्टि गरेर आउने समस्यालाई समाधान गरेर अगाडि बढ्न सक्यो भने हामीले हाम्रा समस्याहरूलाई समाधान गर्ने आँट पनि गर्नुपर्छ ।’
कार्यक्रममा बोर्डका निमित्त कार्यकारी निर्देशन डा. दीपक खनालले इलाममा उपनिर्वाचन भएको र त्यसको प्रभाव झापा, पाँचथरलगायतका जिल्लाहरूमा पनि पर्ने भएकाले यस पटक पनि सो क्षेत्रमा गएर राष्ट्रिय चिया दिवस मनाउन नसकिएको स्पष्टीकरण दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण