बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

शाहरुख खानले भने-मुस्किलले एक्सन हिरो बनेको छु

आइतबार, २९ माघ २०७९, १४ : ५०
आइतबार, २९ माघ २०७९

काठमाडौं । बलिउडका बादशाह शाहरुख खानले मुस्किलले एक्सन हिरो बनेको बताएका छन् ।

बलिउडमा शाहरुखको पठानले धूम मचाइरहेको बेला यस्तो प्रतिक्रिया दिएका हुन् । 

उनले भनेका छन्, ‘अरे यार मुस्किलले एक्सन हिरो बनेको छु, तिमी अझै राज ९दिलवाले दुल्हनीयाले जाएंगेको हिरो० जस्तै होस भन्ने चाहन्छौ, राज त सबैको घरमा छ ।’

शाहरुख खानका पठानले हिन्दी सिनेमामा अहिलेसम्म झन्डै ९०० करोडको व्यापार गरिसकेको छ । छोटो समयमा यति धेरै रकम संकलन गर्ने रेकर्ड कायम गरेको यशराज फिल्मले जनाउँदै आएको छ ।

यसैबिच, शाहरुख खानले अभिनय गरेको दिलवाले दुल्हनियाले जायंगेलाई पुनः सिनेमा हलमा उतारको छ । भ्यालेन्टाइनको अवसरमा उक्त सिनेमालाई पुनः दर्शक माझ ल्याएको हो । अहिले भारतका ३७ वटा सिनेमा हलमा सो चलचित्र प्रदर्शन भइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप