बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ राष्ट्रिय गौरवको आयोजना प्रगति

आइतबार, २९ माघ २०७९, १६ : ४४
आइतबार, २९ माघ २०७९

काठमाडौं । चालू आर्थिक वर्ष राष्ट्रिय गौरवको आयोजनाको स्थिति कमजोर अवस्थामा देखिएको छ । 

अर्थ मन्त्रालयले आइतबार चालू आर्थिक वर्ष २०७९/८० को बजेट अर्धवार्षिक समीक्षा गर्दै राष्ट्रिय गौरवको आयोजनाको प्रगतिअवस्था नाजुक रहेको देखाएको हो ।

चालू आर्थिक वर्षमा राष्ट्रिय गौरवको आयोजनाका लागि सरकारले चालूतर्फ ३ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ विनियोजन गरेको थियो । जबकि, चालूतर्फ जम्मा ८० करोड ७९ लाख रुपैयाँ खर्च भएको छ । 

यस अवधिमा राष्ट्रिय गौरवको आयोजनाका लागि विनियोजन गरिएको चालूतर्फ २ अर्ब ७७ करोड रुपैयाँ खर्च नै भएको छैन ।

यस्तै, राष्ट्रिय गौरवका आयोजनाका लागि चालू वर्षमा ८८ अर्ब ५३ करोड ८५ लाख रुपैयाँ विनियोजन गरिएकोमा जम्मा १४ अर्ब ५ करोड १६ लाख रुपैयाँ खर्च भएको जनाइएको छ । वित्तीय व्यवस्थापनतर्फ ६ अर्ब ८६ करोड विनियोजन भएकोमा १४ करोड १३ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

राष्ट्रिय गौरवका आयोजनाका लागि विनियोजन भएको कूल बजेटमध्ये अर्धवार्षिक समीक्षा गर्दासम्म जम्मा १५ अर्ब ८ लाख रुपैयाँ खर्च भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप