यस्तो छ राष्ट्रिय गौरवको आयोजना प्रगति
काठमाडौं । चालू आर्थिक वर्ष राष्ट्रिय गौरवको आयोजनाको स्थिति कमजोर अवस्थामा देखिएको छ ।
अर्थ मन्त्रालयले आइतबार चालू आर्थिक वर्ष २०७९/८० को बजेट अर्धवार्षिक समीक्षा गर्दै राष्ट्रिय गौरवको आयोजनाको प्रगतिअवस्था नाजुक रहेको देखाएको हो ।
चालू आर्थिक वर्षमा राष्ट्रिय गौरवको आयोजनाका लागि सरकारले चालूतर्फ ३ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ विनियोजन गरेको थियो । जबकि, चालूतर्फ जम्मा ८० करोड ७९ लाख रुपैयाँ खर्च भएको छ ।
यस अवधिमा राष्ट्रिय गौरवको आयोजनाका लागि विनियोजन गरिएको चालूतर्फ २ अर्ब ७७ करोड रुपैयाँ खर्च नै भएको छैन ।
यस्तै, राष्ट्रिय गौरवका आयोजनाका लागि चालू वर्षमा ८८ अर्ब ५३ करोड ८५ लाख रुपैयाँ विनियोजन गरिएकोमा जम्मा १४ अर्ब ५ करोड १६ लाख रुपैयाँ खर्च भएको जनाइएको छ । वित्तीय व्यवस्थापनतर्फ ६ अर्ब ८६ करोड विनियोजन भएकोमा १४ करोड १३ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।
राष्ट्रिय गौरवका आयोजनाका लागि विनियोजन भएको कूल बजेटमध्ये अर्धवार्षिक समीक्षा गर्दासम्म जम्मा १५ अर्ब ८ लाख रुपैयाँ खर्च भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण