बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

नेविसंघ झापाको मिल्यो विवाद

बुधबार, ०३ फागुन २०७९, ०८ : ५५
बुधबार, ०३ फागुन २०७९

नेपाल विद्यार्थी संघ (नेविसंघ) झापाको विवाद ६ वर्षपछि मिलेको छ । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिले सन्जय निरौलालाई सभापतिको जिम्मेवारी तोकेको भुवन बुढाथोकीले समान्तर अभ्यास सुरु गरेका थिए । माघ पाँच गते नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले निरौलालाई अध्यक्षको जिम्मेवारी दिएका थिए ।

त्यसपछि सोही दिन मेची क्याम्पसका स्ववियु सभापति समेत रहेका भुवन बुढाथोकीले आफूलाई सभापति भएको विज्ञप्ति निकालेका थिए । नेविसंघ अध्यक्ष शेर्पाले झापाको विवाद मिलाउन पूर्व केन्द्रीय सदस्य मिरा कटवालाई प्रतिनिधिका रुपमा झापा पठाएका थिए । नेपापाली काङ्ग्रेस  जिल्ला सभापति देउमान थेबे पार्टी केन्द्रीय सदस्य गोमा भट्टराई, प्रदेशसभा सदस्य गोपाल तामाङ, जिल्ला उपसभापति केशव पाण्डे, जिल्ला सचिव नवीन बिमल, केन्द्रीय प्रतिनिधि मिरा कटुवाल लगायतबीच भएको छलफलले निरौलका नाममा सर्वसहमति जुटाएको छ ।

नेविसंघ झापामा देखिएको समस्याले निकास तथा हल पाएको नेविसंघ अध्यक्ष शेर्पाले बताए । नेविसंघ झापाले अब देशभर नेविसंघ एक ढिक्का भइ  १२औं अधिवेशन तथा स्ववियु निर्वाचन २०७९ को तयारीका लाग्ने सन्देश दिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप